बर्दियामा किसानमैत्री कृषि पुस्तकालय सञ्चालनमा

बर्दियामा किसानमैत्री कृषि पुस्तकालय सञ्चालनमा

गुलरिया : किसानको विषयगत ज्ञान वृद्धि गर्दै भोगिरहेका तत्कालीन कृषि समस्याको समाधानसहित प्रविधिमा सुचनाको पहुँच पुर्‍याउन बर्दियामा किसानमैत्री कृषक पुस्तकालय तथा ज्ञान कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्लाका किसानहरुको क्षमता बढाउन प्राविधिक पुस्तकहरु, उपयोगी कृषि सामाग्री लगायत अडियो, भिडियो तथा कल सेन्टर मार्फत कृषि ज्ञान सम्बन्धी सेवा प्रवाह गर्दै कृषि जैविक विविधताको प्रवर्द्धन गर्न पुस्तकालय स्थापना गरिएको हो।

    
नेपाल सरकारको अवधारणा अनुसार बर्दियामा कृषि कार्यालयले कृषक पुस्तकालय तथा ज्ञानकक्ष सञ्चालनमा ल्याएको लुम्विनी प्रदेश एकीकृत कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए। 'पुस्तकालय मार्फत किसानहरुलाई कृषि परामर्श सेवा प्रदान गर्छौं। सरकारले केन्द्र लगायत विभिन्न जिल्लामा पुस्तकालय मार्फत सेवा दिंदै आएको छ। बर्दियामा दिइने सेवा पृथक छ। पुस्तकालयमा पुस्तक पढ्न मात्र नभइ श्रब्य, दृश्य सामाग्रीमार्फत कृषिका विभिन्न आयामका बारेमा जानकारी लिन सकिन्छ', देवकोटाले प्रष्ट्याए।  

प्रविधि अवलोकन गर्दै पुस्तकहरु मार्फत ज्ञान लिन सकिने उनले बताए। 'हामीले केन्द्र मार्फत निशुल्क सेवा दिन्छौं। किसानले फोनका माध्यमबाट पनि कृषि सम्वन्धी जानकारी लिन सक्छन्', किसानहरुलाई केन्द्रमा आएर सेवा लिन उनले आग्रह गर्दै उनले भने, 'केन्द्र विस्तारका लागि प्रदेश सरकारले थप सहयोग गर्छ। जिल्लामा सञ्चालित पुस्तकालय मार्फत जिल्लाका सबै कृषकहरुले सेवा लिन पाउँछन्। केन्द्र मार्फत दिईएको सेवाले किसानहरुको ज्ञानबृद्धि हुँदै उत्पादनमा समेत परिवर्तन ल्याउने अनुमान हामीले गरेका छौं।'

बर्दियाको कुल २ लाख २ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ७५ हजार हेक्टर जमिन कृषि योग्य छ। खेती योग्य जमिनमध्ये ६० हजार १ सय हेक्टर क्षेत्रफलमा खेती हुने गरेको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत विनोद घिमिरेले बताए। पुस्तकालयमा कृषि, पशुपंक्षी, मत्स्य, विषय लगायत सम्पूर्ण बाली तथा पशु बिशेष ज्ञान मूलक पुस्तक तथा सामाग्रीहरु राखिएका छन्। कृषिसँग सम्वन्धीत प्रविधिहरु झल्कने गरी उपकरण र सामाग्रीहरु पनि रहेको उनले प्रष्ट्याए। विभिन्न निकायहरुसँग समन्वय गरी आगामी दिनमा प्रविधिमूलक पुस्तकहरु थप्ने तयारी हाम्रो छ।

विषयसँग सम्वन्धित कार्यालय तथा निकायहरु र कृषि बिज्ञहरुलाई टेलिफोन सम्पर्कको माध्यमबाट कृषकको समस्या समाधान गर्ने कल सेन्टरको लक्ष्य छ। फोन मार्फत कृषकहरुले बाली तथा वस्तु विषेश कार्यालयहरुमा सिधै सम्पर्क राख्न सक्छन्। कार्यालयसँग सम्पर्क राख्ने वा सम्पर्क नम्बर उपलब्ध गराउने कृषकलाई बल्क एसएमएस सेवा दिइँदै आएको छ। 

कृषि प्रविधि, रोगकिरा, जलवायु तथा मौसम सम्बन्धी जानकारी पठाई पुस्तकालय मार्फत किसानलाई सुचित पार्दै कृषि प्रविधिको ज्ञान बढाउने लक्ष्य कार्यालयको रहेको घिमिरेले बताए। पुस्तकालय पशु सेवा फाँटको भवनभित्र सञ्चालनमा छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.