'रअ' प्रमुख सामन्त गोयलको पदावधि एक वर्ष थप
नयाँ दिल्ली : भारतीय गुप्चर संस्था 'रअ' प्रमुख सामन्त कुमार गोयलको पदावधि एक वर्ष थप गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गोयललाई सन् २०२३ को जुन ३० सम्मका लागि पदावधि थप गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सचिव दीप्ती उमाशंकरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उनी सन् २०१९ को जुन २६ मा रअ प्रमुखमा नियुक्त भएका थिए। अनिल धशमानाको पदावधि सकिएपछि उनी रअ प्रमुख नियुक्त भएका थिए।