जनश्रमदान गर्ने नीति हटाउँछु : खानेपानी मन्त्री चौधरी

जनश्रमदान गर्ने नीति हटाउँछु : खानेपानी मन्त्री चौधरी

सिरहा : खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनामा स्थानीय उपभोक्ताबाट लगाइने जनश्रमदानको नीति हटाउने बताएका छन्। त्यसको लागि पहल पनि थालिसकेको उनले जानकारी गराए। 

शुक्रबार लहान नगरपालिकाको १० औं नगरसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री चौधरीले जनश्रमदानको नीतिका कारण हजारौ खोनपानी आयोजनाहरु अलपत्र अवस्थामा रहेको सुनाए। लहान आएपछि मन्त्री चौधरीलाई खानेपानीको समस्या रहेको वडाहरुमा नगरप्रमुख महेश चौधरीले अवलोकन गराएका थिए। 

‘२०/३० प्रतिशत खानेपानी आयोजनामा जनश्रमदान वापत स्थानीय पैसा लगाउनुपर्ने नीति छ। त्यसले आयोजनाहरु अलपत्र परेको देखिएको छ,’उनले भने,‘यहीको दर्जनौँ आयोजनामा ८० प्रतिशत काम भएर पनि सञ्चालनमा आउन सकेको देखिएन। जनताले पानी खान पाएको छैन।’ यो नीति हटाएर सरकारी पक्षबाटै सम्पूर्ण बजेट व्यवस्थापनको काम हुनुपर्ने उनले बताए। 

मन्त्री चौधरीले लहानवासीको लागि ‘एक घर,एक धारा’को अवधारणा अनुसार २४ घण्टा शुद्ध खानेपानीको व्यवस्था गर्ने योजनाहरु कार्यान्वयनमा ल्याउने बताए। लहान बजारको ढल निकासका लागि मन्त्रालयबाट बजेट विनियोजन गरिने पनि आश्वासन व्यक्त गरे। ढल निर्माणका लागि नगरपालिकाले व्यहोर्नुपर्ने रकमका लागि नगरसभाबाट १ करोड रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख महेश चौधरीले जानकारी गराएको छ। 

आफु स्वास्थ्य मन्त्री हुँदा लहानमा बाल अस्पताल बनाउन ल्याएको अवगत गराउँदै त्यो योजना पनि पूरा गर्ने बताए। किसानहरुको लागि मल खाद्यको व्यवस्था सरकारले मिलाइरहेको मन्त्री चौधरीले जानकारी गराएका थिए। जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकताको समस्या चाडै समाधान सरकारले गरिरहेको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.