सन्धिखर्कले लिफ्टिङ्ग खानेपानीको ६० प्रतिशत महशुल भुक्तानी गरिदिने

सन्धिखर्कले लिफ्टिङ्ग खानेपानीको ६० प्रतिशत महशुल भुक्तानी गरिदिने

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आगामी वर्ष २०७९/८० को लागि १ अर्ब ११ करोड ६३ लाख ९० हजार रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको ११औं नगर सभाबाट सोहि रकम विनियोजन गरिएको नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

न्यूनतम विद्युत् महसुलमा २० युनिटभन्दा कम खपत गर्ने सिमान्तकृत समुदायलाई बुझाउनुपर्ने सम्पूर्ण घर–परिवारको विद्युत महसुल नगरपालिकाले भुक्तानी गरिदिने भएको छ। सामुदायिक लिफ्टिङ्ग खानेपानीको महशुल ६० प्रतिशत रकम नगरपालिकाले भुक्तानी गर्ने, नगरपालिकाको कार्यमा रहँदाको अवस्थामा कुनै कारण राज्यकोषबाट तलब भत्ता खाने नगरपालिका कर्मचारी वा शिक्षकको मृत्यु भएमाप्रति परिवार ५० हजार सहयोग उपलब्ध गराउने नगरप्रमुख श्रेष्ठले बताए।

आर्थिक विकासमा १० करोड ४२ लाख, सामाजिक विकासमा ६१ करोड ३८ लाख, पूर्वाधार विकासमा २७ करोड ९० लाख, वन वातावरण तथा विपद व्यवस्थापनमा १ करोड १३ लाख र शुसासन तथा संस्थागत विकासमा १० करोड ८० लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.