रौतामाईको बजेट ५७ करोड बढी

रौतामाईको बजेट ५७ करोड बढी

उदयपुर : उदयपुरको रौतामाई गाउँपालिकामा ५७ करोड बढीको अनुमानित बजेट पेश गरिएको छ। शुक्रबार राति अबेर सम्पन्न ११ औं गाउँसभामा अध्यक्ष बिरेन्द्रकुमार मगरले ५७ करोड ३४ लाख १६ हजार ३ सय ३० रुपैयाँको अनुमानित बजेट पेस गरेका हुन्।

बजेटमा ८ वटा वडामा ४ करोड ८० लाख, विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा १ करोड ७ लाख ९९ हजार, सामाजिक विकासमा १ करोड, भौतिक पूर्वाधारमा ४ करोड ३० लाख, बातावरण तथा विपद व्यवस्थापनमा ५० लाख र सुशासन तथा संस्थागत विकासमा ११ लाख विनियोजन गरिएको छ।

त्यसैगरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उपाध्यक्षसग सुत्केरी भेटघाट कार्यक्रमलाई थप प्रभावकारी बनाउने, प्रभु र मेगा बैंकसँगको समन्वयमा सामाजिक सुरक्षा भत्ता वडाका पायक पर्ने केन्द्रहरुबाट बितरण गरिने, पालिकालाई शुसासन र प्रविधिकमैत्रि बनाईने गरी कार्यक्रम ल्याईने अध्यक्ष मगरले बताए।

त्यसैगरी पीछडिएको समुदाय, वर्ग, क्षेत्रलाई विशेष व्यवस्था गरी राज्यको मूल प्रवहामा ल्याईने, पालिकालाई समृद्ध बनाउन कृषि, पशु, पर्यटन, सहकारीलगायत पूर्वाधार विकासमा जोड दिईने गरी कार्यक्रम ल्याईने उपाध्यक्ष भूपेन्द्र थापाले बताए। नीति तथा कार्यक्रममा जनमुखि सार्वजनिक सेवा प्रवाहा गर्ने क्रममा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिने, शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखी प्रविधिमैत्री र गुणस्तरीय बनाईने लक्ष्य लिइएको उनले बताए।

गाउँसभाले सामाजिक क्षेत्रतर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति प्रवृद्धन, खेलकुद तथा मनोरञ्जन, लैङिक समानता तथा सामाजिक समावेशीकरण, पूर्वाधार क्षेत्रतर्फ स्थानीय सडक, पुल तथा झोलुङे पुल, सिँचाई, भवन तथा सहरी विकास, उर्जा लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जासमेत) लाई लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.