औषधी ब्यवसायी संघको स्थापना दिवसमा रक्तदान
स्याङ्जा : नेपाल औषधी ब्यवसीय संघको ४९ औं स्थापना दिवस पारेर स्याङ्जामा खुला रक्तदान कार्यक्रम गरिएको छ। औषधी ब्यवसायी संघ स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका र रेडक्रस सोसाइटी स्याङ्जाको प्राविधिक सहयोगमा पुतलीबजारमा खुला रक्तदान गरिएको हो।
पुतलीबजारका २० जनाले रगतदान गरेका छन्। रक्तदान गर्नेमा २ महिला सहित १८ जना पुरुष रहेको औषधी ब्यवसायी संघ स्याङ्जाका अध्यक्ष उर्मिला बस्नेतले जानकारी दिईन।
संकलित रगत जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ। जेठ महिनादेखि जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना भएको हो। ब्लड बैंक स्थापनापछि जिल्लामा संकलित रगत अस्पतालमा राखिने र आवश्यक पर्ने बिरामीका लागि उपयोग गर्न सहज बनेको ब्यवसायीय संघका जिल्ला उपाध्यक्ष रंगनाथ रेग्मीले बताउँछन्।
स्थानीय तहको निर्वाचनबाट नवनिर्वाचित पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले पहिलो बैठकमा जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना गर्ने निर्णय गरेका थिए।