अनेरास्ववियूको बारामा सिठी जुलुस
सिमरा : मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियू) ले शनिबार बाराको सिमरामा सिठि जुलुस निकालेको छ।
केन्द्रीय कार्यक्रम अन्तर्गत अनेरास्ववियू बाराले सिमरा चोकमा सिठी जुलुस निकालेको हो। पेट्रोलियम पदार्थमा सरकारले मूल्यबृद्धि गरेको र महंगी बढाएको भन्दै अनेरास्ववियूले जुलुसका क्रममा महंगी घटाउन र मूल्यवृद्धि फिर्ता लिन माग गरेको थियो।
यसैगरी सिठि जुलुसअघि अनेरास्ववियुको सिमरामा सम्पन्न मधेस प्रदेश बैठकमा जनप्रतिनिधिलाई सम्मान गरिएको थियो। अनेरास्ववियूको विभिन्न जिम्मेवारीमा रही बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मानित गरिएको हो।
सम्मानित हुनेमा निजगढ नगरपालिकाककी उपप्रमुख सोममाया थिङ्, रौतहट चन्द्रपुर नगरपालिका-४ का वडाध्यक्ष रवी राना मगर, हरिवन नगरपालिका-८ का अध्यक्ष प्रज्वल ढुंगाना, महोत्तरी मनरा सिसवा नगरपालिका-१ का अध्यक्ष गोविन्द चौरसियासहित सात जनालाई सम्मान गरेको हो।