पर्यटकीयस्थल नरपानीमा सरसफाइ

पर्यटकीयस्थल नरपानीमा सरसफाइ

अर्घाखाँची : नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले नरपानीमा सरसफाई गरेको छ। सन्धिखर्क–६ को धार्मिक तथा पर्यटकियस्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम गरेको हो।

घुम्नका लागि जाने पर्यटकले प्रयोग गरेका प्लाष्टिकजन्य, सूर्तिजन्य, मदिराजन्य फोहोरहरु जथाभावी फालेर पर्यटकियस्थल फोहोर भएपछि युनियनले सो स्थानमा सरसफाई गरेको हो। यस्तै पर्यटकियस्थल परिसरमा फोहोर नगर्न अनुरोध गरिएका ३ वटा सचेतना बोर्ड, ईन्सिनेटरसहितका ३ वडा फोहोर फाल्ने डस्टबिन र १० थान कुचोसमेत वितरण गरिएको युनियन अर्घाखाँचीका अध्यक्ष माधव अर्यालले जानकारी दिए।

घुम्न जाने पर्यटकले प्रयोग गरेका सामानहरु यत्रतत्र फालिँदा तथा फोहोरको उचित व्यवस्थापन नहुँदा पर्यटकिय क्षेत्र बिग्रदै गएको छ। वातावरणीय संरक्षणका साथै स्वास्थ्यका लागि सरसफाई महत्वपूर्ण हुने भन्दै शनिवार बिदाको दिन पारेर समाजिक कार्य गरिएको हो।

सरसफाई तथा सामग्री हस्तान्तरण पश्चात गरिएको कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले पर्यटकलाई सुन्दर अर्घाखाँची देखाउनु पर्नेभन्दै फोहोर भएका अन्य पर्यटकिय क्षेत्रहरुमा समेत सरसफाई गर्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.