इटहरी जलमग्न, ४० घर डुवानमा
धरान : सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका छन् ।
लगातारको वर्षातका कारण इटहरिको मुख्य बजार क्षेत्र डुवानमा परेको छ । इटहरिको ४,५,९, १० र १२ वडाका दर्जन बस्ती डुवानमा परेका छन् ।
टेङ्ग्रा खोलामा आएको बाढीले इटहरी - बिराटनगर जाने राजमार्ग अवरुद्ध बनेको छ । इटहरी १२ खनारका धेरै बस्ती डुवानमा परेका छन् ।
बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् ।
ट्याङ्ग्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताए ।
बाढी बस्तीमा पसेपछि यातायात अवरुद्ध भएको छ।
प्रमुख जिल्ला अधिकारी यादबले बाढीबाट धनजनको क्षति हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।
उनले वर्षात् नरोकिएकाले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका बताए।