मोदी युएइ भ्रमणमा

मोदी युएइ भ्रमणमा

अबुधावी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार अबुधाबी पुगेका छन्।  

अबुधाबीका पूर्व शासक तथा युएइका पूर्व राष्ट्रपति स्वर्गीय शेख खालिफा बिन जायद अल नाह्यानप्रति श्रद्धाञ्जली व्यक्त गर्न उनी अबुधाबी आएका हुन्। उनको गत मे १३ मा निधन भएको थियो। 

जर्मनीमा भएको जी ७ शिखर सम्मेलन सम्पन्न गरेर स्वदेश फर्किने क्रममा मोदीले अबुधाबीको भ्रमण तय गरेका हुन्। 

उनले अबुधाबीमा रहेका बेला वर्तमान नयाँ राष्ट्रपतिसँग भेटवार्ता पनि गर्ने जनाइएको छ। युएइका दोस्रो राष्ट्रपति खेश खालिफाको निधनपछि शेख मोहम्मद बिन जायद अल नाह्यान राष्ट्रपति बनेका छन्। नवनियुक्त राष्ट्रपति शेख मोहम्मदलाई प्रधानमन्त्री मोदीले भेटेर बधाई समेत दिएका छन्। उनी युएईको तेस्रो राष्ट्रपति बनेका हुन्।  

अबुधाबीको शासक तथा युएईको राष्ट्रपतिमा निर्वाचित भएपछि खेश मोहम्मदसँग मोदीको पहिलो भेट हो। मोदीलाई स्वागत गर्न राष्ट्रपति खेश विमानस्थलमै पुगेका थिए।  

भेटवार्ताका क्रममा उनीहरूले आपसी सहकार्य र सहयोग आदान प्रदानका बारेमा कुराकानी गर्नुका साथै आपसी सम्बन्ध थप बलियो बनाउने बारेमा पनि छलफल गर्ने भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.