अन्तरसंवाद कार्यक्रम सम्पन्न
अर्घाखाची : जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसरमा जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ। प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा नेकपा एमाले जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्काले जननेता भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका जनप्रिय व्यक्तित्व भएकोले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) नेपालसँगै विश्व कम्युनिष्ट आन्दोलनमा उच्च उपलब्धिको रुपमा लिएको बताए।
नेकपा एमाले जिल्ला अध्यक्ष पिताम्बर भुसालले मदन भण्डारी नेपालको लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण धरोहर रहेको बताउदै जतिसुकै व्याख्या गरे पनि कमैहुने बताएका छन्।