सिद्धार्थ राजमार्गको राम्दीदेखि बुटवलसम्मको सडक अवरुद्ध

सिद्धार्थ राजमार्गको राम्दीदेखि बुटवलसम्मको सडक अवरुद्ध

तानसेन : पाल्पामा अविरल बर्षाको कारण पहिरो झर्दा मुख्य सडकहरु अवरुद्ध भएका छन् ।  दुई दिनदेखि परेको बर्षाले जिल्लामा सञ्चालित राजमार्ग, सहायक राजमार्ग र पालिकाका केन्द्र जोड्ने मुख्य सडकहरु अवरुद्ध भएका हुन्।

सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डको सिद्धवावा, झुम्सा, पानीमिल, हिउँदे खोला, चर्चरे, कालिमाटी क्षेत्रमा झरेको पहिरोको कारण सडक सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु थापाले बताए ।

सिद्धार्थ राजमार्ग तानसेन पोखरा सडक खण्डको बगनासकाली गाउँपालिका- ५ राम्दी क्षेत्रका सेरा जामुने र रम्भा गाउँपालिकाको वडा -३ पिपलडाडा क्षेत्रमा पहिरोको सडक अवरुद्ध रहेको छ । 

तानसेन तम्घास सडक अन्तरगत रिव्दीकोट गाउँपालिका-२ जोर्ते निर पहिरो खसेको छ भने तानसेन नगरपालिका वडा १४ अर्गली रिडी क्षेत्रमा पहिरो झरी सडक अवरुद्ध रहेको छ । हार्थोक छहरा, आर्यभञ्ज्याङ्ग रामपुर सडक क्षेत्रमा सडक अवरुद्ध भएको जानकारी नआएकोले प्रहरी चौकीहरु सँग सम्पर्क भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ठूलो बर्षाको कारण जिल्लाभरी विद्युत सेवा अवरुद्ध भएपछि गाउँगाउँमा मोबाइल सेवा अवरुद्ध भएको छ । सञ्चार सम्पर्क नभएको कारण सबै ठाउँको क्षति तथा सडक अवरुद्धको विवरण पाउन नसकिएको पाल्पा प्रहरीले जनाएको छ । 

राजमार्ग तथा सहायक राजमार्गमा झरेको पहिरो हटाउन डिभिजन सडक कार्यालय पाल्पाले डोजर, स्काभेटर तथा लोडर परिचालन गरेको जनाएको छ । तानसेन राम्दी क्षेत्रमा एक वटा मेशिन, तानसेन बुटवल सडक खण्डमा झुम्सा र प्रभासमा गरी २ वटा मेशिन, तानसेन तम्घास सडकअन्तर्गत अर्गलीमा रहने गरी एक वटा मेसिन परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले बताए । अहिले निरन्तर बर्षा भइरहेकोले पहिरो पन्छाउन केही समय लाग्ने देखिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.