विस्थापितलाई निशुल्क खाना खुवाउँदै युवा

विस्थापितलाई निशुल्क खाना खुवाउँदै युवा

विराटनगर : विगत दुई दिनदेखि अविरल वर्षासँगै आएको बाढीबाट विस्थापितलाई युवाहरुले खाना दिन थालेका छन् ।

 विराटनगरका युवा समाजसेवी वासिम आलमको नेतृत्वमा रहेको मनकारी युवाहरुको समूह हाम्रो अभियानले मगंलबारदेखि नै निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका हुन् । 

विराटनगर महानगरपालिकाको पूर्वी सीमा भएर बग्ने सिंघिया खोलाको बाढी बस्ती पसेपछि विस्थापित भएका १सय ६५ जनालाई अभियानले हिजो बेलुकादेखि खाना खुवाउन सुरु गरेका हुन् । अभियानको नेतृत्व गरिरहेका युवा अभियन्ता समेत रहेका बासिम आलमले बुधबार २सय ५० जनालाई खाना खुवाउने तयारी रहेको बताए । 

उनले बाढीबाट विस्थापित भएकाहरु भोखै बस्नु नपरोस् भनेर खाना खुवाउने अभियान सुरु गरेको जानकारी दिए । विस्थापितले खाना नपाएको थाहा पाउना साथ आफ्नो टिम खाना लिएर पुग्ने गरेको उनले बताए । 

कसैलाई समस्या छ भने आफूहरुलाई जानकारी दिन उनले अनुरोध गरेका छन्।  यसअघि सोही टिमले पहिलो लकडाउनमा (८०) दिन निरन्तर खाना वितरण गरेको थियो । दोस्रो पटक लकडाउन हुँदा मजदुरी गर्नेहरू र सडकपेटीमा बस्नेहरुलाई  आलमको नेतृवमा रहेका मनकारी युवाहरुको समूहले दुई छाक खाना खुवाएका थिए । 

वसिम आलमको नेतृत्वमा दुई दर्जन युवा र युवती अभियानमा सहभागी छन्।

उनीहरू आफै रकम संकलन गरेर खाना जुटाउने गरेका छन् ।   

आलमले यो अभियान राजनीतिभन्दा टाढा रहेको बताए। निःशुल्क खाना पकाउने खुवाउने अभियानमा कुनै ब्यानर झन्डा बोक्न नपाइने नियम पनि छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.