महिला आयोग र उद्यमीबीच अन्तरक्रिया

महिला आयोग र उद्यमीबीच अन्तरक्रिया

स्याङ्जा : स्याङ्जाका महिला उद्यमीले महिला उद्यमी बढाउने र टिकाउने नीति निर्माण गर्न र राष्ट्रिय महिला आयोगले सरकारलाई गरेका सिफारिस तत्काल कार्यान्वयन गर्न सुझाव दिएका छन्।

राष्ट्रिय महिला आयोग र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ अन्तर्गतका महिला उद्यमीबीच भएको ‘महिला उद्यमशिलता विकासका लागि सरोकारवालाहरुसंगको अन्तर्क्रिया’ मा बोल्दै यहाँका महिला उद्यमीले सहुलियतपूर्ण ऋण, छिटो, छरितो र माध्यमबाट अनुदान तथा सहयोग प्राप्तिमा सहज पहुँच, आधुनिक प्रविधियुक्त उपकरणसहित दक्ष प्रशिक्षकको माग, उद्यमीको वर्ग‍ीकरण, वास्तविक उद्यमीको पहिचानलगायतमा राज्यले विशेष निगरानी बढाउनु पर्ने जनाएका हुन्।

राज्यले दिएको सेवा सुविधा लिनसमेत कठिनाई भोग्नुपरेको, सेवाप्रवाहमा विभेदगरी सुविधा उपलब्ध गराइएको, झन्झटिला प्रक्रिया राखेर उद्यमीलाई बुझ्नै कठिनाई भोग्नु परेका, लगानीका लागि पुँजीको अभावका कारण महिला उद्यमी अघि बढ्न कठिनाई हुने गरेको जनाएका छन्।

बालबालिकादेखि जेष्ठ नागरिकसम्मका महिला तथा बालबालिकाले भोग्नु परेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य घटनालगायत विविध समस्यालाई न्यूनिकरणमा आयोगको भूमिका देखिने खालको हुनु पर्ने वक्ताहरुका भनाई छ।

कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जीटीले महिलाका क्षमताका पहिचान गर्दे उपयुक्त उद्यम संचालनको लागि राज्यले लगानी गर्नुपर्ने बताए। उनले भने, ‘जबसम्म महिलाहरु सक्षम र आत्मनिर्भर हुँदैनन् तबसम्म महिला हिंसा घटनामा कमी हुदैनन्। महिलाहरु आर्थिकरुपमा सक्षम र क्षमतावान बनाउन सरोकारवाला निकायले सहुलियतपूर्ण ऋणलगायत महिलामैत्री उद्यम संचालन गर्नुपर्छ।’ अधिकांस झगडा र हिंसाका सुरुवात आर्थिककै कारणबाट सिर्जित हुन्छन उनले भने।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्य, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पुतलीबजार नगरपालिकाका उद्योग तथा वातावरण शाखा प्रमुख धनप्रसाद कोइराला, संघका बरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठ, तृतीय उपाध्यक्ष सुनिता पौडेल, महासचिव रामचन्द्र नेपाल लगायतले बढ्दो युवा पलायनका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेका बेला आधाभन्दा बढी जनसंख्या रहेका महिलालाई उद्यमतर्फ आर्काषित बनाउनेतर्फ राज्यले सोच्नैपर्नै बेला आएकोमा जोड दिए।

कार्यक्रमको अध्यक्षता गरेकी राष्ट्रिय महिला आयोगका सदस्य सावित्राकुमारी शर्माले यहाँका उद्यमीका राय सुझावप्रति सकारात्मक सहयोग गर्ने बताउदै सबै महिलाहरु आय आर्जनमा जोडिई आर्थिकरुपमा बलियो हुनुपर्ने बताईन्।

अन्तरक्रियामा पुतलीबजार नगरपालिका भित्रका ४० जना महिला उद्यमी सहभागि थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.