कृषिमा विद्यार्थीको आर्कषण बढ्दो

कृषिमा विद्यार्थीको आर्कषण बढ्दो

स्याङ्जा : बालकदेखि नै कृषि शिक्षातर्फ आर्कषण बढाउने उदेश्यले स्याङ्जाको भीरकोट नगरपालिकाले भाग्योदय मावि उजेलीडाँडामा थप कृषि प्राविधिक विषय पनि पढाउँदै आएको छ।

विद्यालयले १८ महिने जेटिए प्राविधिक कक्षा संचालन गरेरै सैद्धान्तिक एवं ज्यवहारिक शिक्षा पढाउँदै आएको हो।

अन्य पढाइ सँगसँगै कृषिसम्बन्धी पढाइ  हुनथालेपछि यहाँका विद्यार्थीले विद्यालय परिसर र आ-आफ्ना घरघरमा पनि तरकारी खेती गरेको जनाए। 

कक्षा ८ देखि पढाइ सुरु भएको यहाँका विद्यार्थीले विद्यालयमै तरकारी फलाएका छन्। उनीहरुले कसरी जमिन तयार पार्ने, बिउ जमाउनेदेखि फल टिप्नेसम्मका व्यवहारिक शिक्षा पाएको छात्रा इन्दिरा खनालले बताइन्। 
उनीजस्तै प्रकृति रोकाले विद्यालयसँगै घरमा पनि तरकारी लगाएको बताइन्। 

विद्यालयमा मात्र नभई यहाँ अध्ययनरत छात्रछात्राले घरमा पनि तरकारी लगाउन आफ्ना अभिभावकलाई सिकाउने गरेको जनाएका छन्। 

विशेषतः यहाँ प्रांगारिक मलको प्रयोगलाई बढी जोड दिइएको छ। 

प्रांगारिक उत्पादन बढाउनका लागि स्थानीय गैरसरकारी संस्था आपसी सहयोग केन्द्र नेपाल (आक्स) ले प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। आक्सले डेनमार्क सरकारको त्रिकोणको सहयोगमा यहाँ लगायत अन्य ४ विद्यालयमा पनि यस्ता खालका परियोजना संचालन गर्दै आएको जनाएको छ।  

प्रांगारिक खेतीलाई जोड दिँदै विभिन्न परियोजना समेत संचालन गर्दे आएको आक्सले विद्यालयलाई प्राविधिक र कृषि शिक्षकलाई पारिश्रमिकमा केही सहयोग गरेको छ। विद्यार्थीले सिकेका कुरालाई राम्ररी लागू गरेको आक्सका अध्यक्ष रुकुमदत्त शर्मा भन्छन्। 

पहिलो परीक्षणको नतिजा राम्रो देखिएपछि विद्यालय परिवार पनि दंग छ। विद्यालयले पाठ्यपुस्तक तयार पारेर हप्ताको एक दिन खेतबारीमै व्यवहारिक कक्षा र अन्य दिन सैद्धान्तिक कक्षा संचालन गर्ने गरिएको प्रधानाध्यापक रेशमलाल खनालको भनाइ छ। 

सीटीभीटी र आक्सको सहयोगमा आईपीएम पाठशाला संचालन गरेर यहाँका विद्यार्थीले काँक्रो फलाएका हुन्। उनीहरुलाई ब्याड तयारी, बिउ जमाउने, लगाउने र फलाउनेसम्मका अभ्यास गराइएको थियो। अहिले पनि विद्यालयमा केही तरकारी र काउलीका बिरुवा उर्मदो क्रममा छन्। 

ती बिरुवा एक महिनापछि रोप्नका लागि तयार हुने छात्रा भीमकुमारी एसकेले जनाइन्। घरमा बुवाको तरकारी पनि वास्तै नगर्ने उनी अहिले आफ्ना बाबासँगै तरकारी बारेमा काममा साथ दिने बताउँछिन्। 'विद्यालयमा पढाइ हुन थालेपछि कृषिका बारेमा बुझ्ने र सिक्ने मौका पाएँ। त्यसपछि घरमा गएर पनि काम गर्न थाले। अहिले निकै रमाइलो लाग्छ। खुशी लाग्छ,' एसके भन्छिन्। 

कृषिमा प्रविधिको उपयोगसँगै बालअवस्थादेखि नै कृषिमा आर्कषण गराई प्रांगारिक खेती उत्पादनमा जोड दिने मुख्य उदेश्य रहेकाले सहयोग गर्दै आएको बताइएको छ। 
कृषिसँगै सबैको जीवन जोडिएकाले कृषिका बारेमा जानकार रहनु अत्यावश्यक छ। 

स्वस्थ्य व्यक्ति, स्वस्थ्य मनस्थिती र स्वस्थ्य विचारका लागि स्वस्थ्य खानपानमा ध्यान दिन जरुरी छ। बढ्दो रासायनिक मलका प्रयोगले दिनप्रतिदिन हाम्रा स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेका बेला विद्यालयले प्रांगारिक तरकारी उत्पादनमा चासो जगाउनु खुशीको कृषि शिक्षक सुवास रेग्मी भन्छन्।

सुरुमा कृषि प्राविधिक शिक्षा भनेपछि पढ्न आनाकान गर्थे। तर, अहिले धेरैले यसतर्फ चाहना राखेपछि परीक्षा लिएर जेटिए शिक्षा पढाउनुपर्ने भएको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.