राजश्वको केही प्रतिशत रकम प्रदेशमा राख्नुपर्छ : मन्त्री विश्वकर्मा

राजश्वको केही प्रतिशत रकम प्रदेशमा राख्नुपर्छ : मन्त्री विश्वकर्मा

स्याङ्जा : गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्ने बताएका छन्।

आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकामममा ट्राफिक ब्यवस्थापन सुदृढीकरण सम्बन्धी शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रदेशबाट राजश्वमा ठूलो सहयोग गरेतापनि संघबाट आवश्यकता अनुरुपका बजेट नआउँदा ट्राफिक सुरक्षा ब्यवस्थापनमा सुरक्षा निकायले कठिनाई भोग्नु परेको र त्यसको प्रभाव जनस्तरसम्म परेको उनले बताए। ‘पैसा उठाउने र संघमा पठाउने प्रवृतीमा केही परिवर्तन गर्न आवश्यक छ।’, मन्त्री दोबाटेले भने, ‘स्रोत र साधनका अभावका अपराधीहरु फरार हुने क्रम बढ्दो छ। त्यसतर्फ अब ध्यान दिन जरुरी छ।’ मन्त्री दोबाटेले ट्राफिक नियम कडाईका साथ कार्यान्वयन गर्न सुझाव दिँदै प्रादेशिक कार्यालय भवन निर्माण र सीसी क्यामरा जडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाए।

प्रदेश सरकारले महंगा सवारी साधानमाथि लगाएको करबारे पुनविचार गर्ने जनाउँदै एक महिना भित्रै सवारी चालक अनुमति पत्र पाउने विधि र ब्यवस्था मिलाउने तयारी भैरहेको सुनाए। बर्षात् सुरु भैसकेको र विपदका घटना घटिरहेका बेला सुरक्षाकर्मीलगायत सरोकारवाला सबैलाई सबैले सहयोग गर्नसमेत उनले आग्रह गरे।

गण्डकी प्रदेशमा सवारी दुर्घटना बढी हुने भएको जनाउँदै दुर्घटना न्यूनिकरणका नीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्ने उद्धेश्यले स्याङ्जामा कार्यक्रम गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.