सामुदायिक वनमा व्यवसायीक टिमुर खेती
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-९ अर्घामा रहेको रातामाटा देउमाणी सामुदायिक वनमा व्यवसायीक टिमुर खेतीको सुरुवात गरिएको छ।
सन्धिखर्क नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम तथा कृषि शाखाको संयोजनमा सामुदायिक वनमा टिमुरका बिरुवा लगाउन सुरु गरिएको हो। सामुदायिक वनमा ४ हजार टिमुरका बिरुवा लगाउने कार्यक्रम रहेको सन्धिखर्क नगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक हिरामणी पराजुलीले बताए।
टिमुरका बिरुवाको रोपण गर्दै सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख मिश्रा आचार्यले टिमुरको बजारीकरणका लागि पनि समस्या नहुने तथा वन क्षेत्रमा लगाएको टिमुरले स्थानीय उपभोक्ताको आर्थिक अवस्था बृद्धि हने बताईन्। उनले लगाइएका बिरुवाको संरक्षणमा स्थानीयहरुले ध्यान दिनुपर्ने र रेखदेख गर्ने बताए।