नेपाली सेनाद्वारा स्याङ्जाको नुवाकोट गढी, चौतारा र टुँडीखेल संरक्षण

नेपाली सेनाद्वारा स्याङ्जाको नुवाकोट गढी, चौतारा र टुँडीखेल संरक्षण

स्याङ्जा : बाइसे राज्य अन्तरगतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ। फेदिखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको वडा नं. ५ को सिमानामा पर्ने ऐतिहासिक, धार्मिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेको नुवाकोटमा द्रुत प्रभाव परियोजना अन्तरगत विनियोजित १५ लाख रुपैयाँको लागतमा संरक्षण कार्य सम्पन्न गरिएको आँधीखोला ब्यारेक समरजीत गुल्मपति एवं सेनानी अशोक मल्लले जानकारी दिए। 

सेनानी मल्लका अनुसार, ‘नेपाली सेनाको सिमिक कार्यक्रम अन्तरगत नुवाकोट गढीको मर्मत संभार, चौतारी पुननिर्माण, पुरानो टुँडीखेलमा परिमिटरमा जालीबार सहित गेट निर्माण गरिएका छन्।’ चैतको अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको थियो भने सम्पन्नपश्चात् शुक्रबार आयोजित एक औपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो। 

मध्य कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले उदघाटन गर्दै ऐतिहासिक एवं धार्मिक थलोको संरक्षणको जिम्मा दिएका हुन्। उदघाटनपछि कालाभैरव पूरातात्विक मन्दिर तथा नुवाकोटगढी व्यवस्थापन समितिका अध्यक्ष नरकाजी गुरुङ्गलाई हस्तान्तरण गरेका हुन्। 

कार्यक्रममा सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, कार्यक्रममा पुतलीबजार नगर उपमेयर देवी अर्याल, ३ नम्बर बाहिनी सहायक बाहिनीपति महासेनानी विष्णु कार्की, समरजीत गुल्मका उपसेनानी भगीरथ बुढा क्षेत्री, पुतलीबजार ५ का वडाध्यक्ष अर्जुनकुमार कार्कीज्यू, प्रा.डा. दिल बहादुर क्षेत्री लगायतले सार्वभौम नेपाल निर्माणका लागि नेपाली सेनाले पुरयाएको योगदानको चर्चा परिचर्चा गर्दै नेपाली सेनाको गरिमालाई कायम राख्नु पर्नेमा जोड दिए। 
सोही अवसरमा मन्दिर ब्यवस्थापन समितिले सेनापति उपरथी बाबुराम श्रेष्ठ, बाहिनीपति सहायकरथी प्रेम पुन, स्याङ्जाका गुल्मपति सेनानी अशोककुमार मल्ललाई सम्मान गरेको छ। 

नेपाली सेनाको ब्यवस्थापनमा २०७८ चैत २४ गते सुरु भएको सो निर्माण कार्य सम्पन्न भएपछि २०७९ असार १७ मा उदघाटन सहित हस्तान्तरण भएको हो। सेनाका नाउमा ७९ रोपनी जग्गा रहेको र त्यहाँ अहिले सेनाको तालिम संचालन गरिंदै आएको सेनानी अशोकुमार मल्लले जानकारी दिए। नुवाकोट दरबार क्षेत्र अहिले धार्मिक, पर्यटनको नमूना स्थल बनेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.