इरानमा ६‍.१ रेक्टर स्केलको भूकम्प : पाँच जनाको मृत्यु, चीनमा पनि धक्का महसुस

इरानमा ६‍.१ रेक्टर स्केलको भूकम्प : पाँच जनाको मृत्यु, चीनमा पनि धक्का महसुस

दक्षिणी इरान : इरानमा शनिबार बिहान आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको छ। केही समयपछि त्यस क्षेत्रमा ६.३ रेक्टर स्केलका दुई थप शक्तिशाली परकम्पहरू आएका थिए।

भूकम्पमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको र  केही घाइते भएका छन्। घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ। सो क्षेत्रमा राहत तथा उद्धार कार्य सुरु गरिएको छ।

भूकम्पपश्चात सो क्षेत्रमा दर्जनभन्दा बढी पराकम्प गएको छ, जसका कारण इरानको खाडीनजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको छ।

आइआरएनएका एक अधिकारीले भने, 'भूकम्पको पहिलो पराकम्पमा नै ५ जनाको मृत्यु भएको हो। त्यसपछिका दुई ठूला पराकम्पहरूमा कसैलाई पनि क्षति पुगेन, किनभने मानिसहरू पहिले नै घरबाट बाहिर निस्की सकेका थिए।'

भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर  बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो।

धेरै देशमा भूकम्पको धक्का महसुस 

चीन, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया र बहराइन लगायत नजिकका धेरै देशहरूमा भूकम्पको धक्का महसुस भएको छ। भारतको नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार चीनको सिनजियाङ प्रान्तमा केन्द्रबिन्दु रहेर ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।

दुई प्रमुख टेक्टोनिक प्लेटमा रहेको इरानमा बारम्बार भूकम्प जान्छ। भूकम्पका कारण इरानमा १९९० बाट हालसम्म ८० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। २००३ मा करमान प्रान्तमा ६.५ रेक्टरको भूकम्पमा परेर लगभग ३१ हजार मानिसको मृत्यु भएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.