लमजुङको ७६ प्रतिशत खानेपानीमा दिसा मिसावट

लमजुङको ७६ प्रतिशत खानेपानीमा दिसा मिसावट

बेंसीसहर : लमजुङमा प्रयोग गरिदै आएको ७६ प्रतिशत खानेपानीमा इकोली अर्थात् दिसा मिसावट भएको पाइएको छ। जिल्लाका सात वटा स्थानीय तहको खानेपानी आयोजनाको मुहान, धारा र ढुङ्गे धारा, युरोगाडसमेतमा जिल्ला स्वास्थ्य कार्यालयले गरेको परिक्षणमा इकोली भेटिएको हो। स्वास्थ्य कार्यालयले विभिन्न समयमा १२० स्थानको पानीको नमूना परीक्षण गरेकामा ९१ वटामा इकोली भेटिएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए।

पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिन्छ। परीक्षणमा जिल्लाका धेरैजसो स्थानको पानी अशुद्ध पाइएको दवाडीले बताए। ‘परिक्षणले जिल्लामा प्रयोग भैरहेको खानेपानी स्वास्थ्यका हिसावले प्रतिकुल देखिन्छ’, दवाडीले भने, ‘यति धेरै पानीमा इकोली भेटिनुले जिल्लामा शुद्ध पानी कमै नागरिकले मात्र प्रयोग गरेको देखिन्छ।’

स्वास्थ्य कार्यालयका अनुसार परीक्षण गरिएकामध्ये सुन्दरबजार नगरपालिकामा ३९ वटा नमूना परीक्षण गर्दा २७ अर्थात् ६९ प्रतिशत इकोली भेटिएको छ। बेँसीशहर नगरपालिकामा २९ वटा नमूना परीक्षण गर्दा २२ अर्थात् ७६ प्रतिशत पानीमा इकोली भेटिएको छ। मध्यनेपाल नगरपालिकामा खानेपानीको २२ वटा नमूना परीक्षण गर्दा २० अर्थात् ९१ प्रतिशत पानीमा इकोली भेटिएको छ।

राइनास नगरपालिकामा आठवटा नमूना परीक्षण गर्दा छ वटा अर्थात् ७५ प्रतिशत रहेको छ भने दोर्दी गाउँपालिकामा पाँचवटा नमूना परीक्षण गर्दा चार अर्थात् ८० प्रतिशतमा इकोली रहेको भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। मस्र्याङ्दी गाउँपालिकामा परीक्षण गरिएको दुईवटै नमूनामा शतप्रतिशत इकोली भेटिएको छ भने, क्वहोंलासोँथर गाउँपालिकामा १४ नमूना परीक्षण गर्दा १० वटा अर्थात् ७१ प्रतिशतमा इकोली भेटिएको छ। जिल्लाका आठ स्थानीय तहमध्ये दूधपोखरी गाउँपालिकामा भने परीक्षण गरिएको छैन।

जिल्लामा एक घर एक धारा अभियान तीव्र रुपमा अघि बढिरहेपनि शुद्धपानी पुर्याउन भने सरकार असफल भइरहेको यो तथ्याङ्कले देखाएको छ। प्रत्येक घरमा धारा पुर्याउनुसँगै शुद्ध खानेपानी उपलब्ध गराउनका लागि चुनौती थपिएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय लमजुङका प्रमुख शेखरचन्द्र केसीले बताए। 

वर्खाको समयमा सङ्क्रमणको जोखिम रहने भएकाले खानेपानी प्रयोगमा स्वास्थ्य सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरु बताउँछन्। पानी शुद्धीकरण गरेर मात्र पिउन स्वास्थ्यकर्मीको आग्रह छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.