दिल्लीमा प्रदूषण नियन्त्रण गर्न विकल्प खोजिँदै

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न विकल्प खोजिँदै

नयाँ दिल्ली (सिन्ह्वा) : भारतको संघीय राजधानी दिल्लीको जल तथा वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारी साधन तथा प्रदुषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विविध विकल्पहरूको प्रयोग गरिरहेको छ।

चिसो मौसममा वायु प्रदूषणका कारण भारतीय राजधानीमा प्रदूषित ग्यासको अत्यधिक भण्डारणले यहाँका मानिसहरू प्रदूषित वातावरणमा जियन बाध्य बनेका छन्। यहाँ फोहर व्यवस्थापनको चुनौती पनि बढेको छ। सहरबाट निस्केको फोहोरका चाङहरू सहर वरिपरि थुपारिँदा पछिल्ला वर्षमा उक्त क्षेत्रमा वायुको गुणस्तरीयता, भूमिगत पानी र माटोको प्रदूषण थप बढेको छ। दिल्ली राज्यका वातावरण मन्त्री गोपाल रायले प्रदूषण नियन्त्रणका लागि यो वर्षको जुलाई र अगस्टसम्म अर्थात् मनसुनी याममा ३५ लाख औषधिजन्य बोटबिरुवा रोपिने बताए । 

यसअन्तर्गत दिल्लीमा सहरी खेतीलाई समेत प्रोत्साहन गर्ने बताइएको छ। यसले नागरिकलाई घरमा उत्पादित तरकारी प्रयोगको संस्कृति विकास गर्ने कार्बन उत्सर्जन तहलाई नियन्त्रणमा राख्ने प्रयास गरिने उनले बताए । दिल्ली सरकारले विद्युतीय गाडीलाई प्रोत्साहन गर्ने नीति लिएको र यहाँका सडकमा अन्य राज्यमा भन्दा बढी विद्युतीय सवारी साधन चलिरहेको देख्न पाइन्छ। यसै वर्षको अप्रिलमा सरकारले ल्याएको मौद्रिक नीतिमा विद्युतीय गाडीमा कर छुट दिँदै देशमा नै यसो गर्ने पहिलो राज्य बन्न सफल भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.