नेपालगन्जमा अब भानु चोक

नेपालगन्जमा अब भानु चोक

नेपालगन्ज : चोकमा रहेका राजाका सालिक राख्ने र हटाउने विषयमा विवादित बनेको नेपालगन्जमा पहिलो पटक राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिएको छ। 

लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले ३६ जना विभिन्न दाता र २० वटा संघसंस्थाको सहयोगमा नेपालगन्ज उपमहानगरपालिका–२ न्युरोेडमा भानुभक्तको अर्धकदको सालिक स्थापना गरेको हो। क्लबका अध्यक्ष शिवप्रसाद दाहालका अनुसार दाताबाट संकलन गरेको १३ लाख ६१ हजार चार सय ७७ रुपैयाँमध्ये १२ लाख १५ हजार नौ सय ४९ रुपैयाँमा ढलौटको सालिक स्थापना गरिएको हो। सालिक निर्माणका लागि क्लबकै सदस्यले दुई लाख ५१ हजार एक सय ११ रुपैयाँ संकलन गरेका थिए। काठमाडौंका मूर्तिकार महेश तुलाधरले सालिक निर्माण गरेका हुन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, लुम्बिनी प्रदेश सरकारका वन, वातावरण, भू–संरक्षणमन्त्री सुरेन्द्र हमाल, लायन्स क्लब डिस्ट्रिक ३२५ एनका गभर्नर सीबी चन्दले शनिबार भानुभक्तको सालिक अनावरण गरेका हुन्। सालिक स्थापनासँगै सो स्थानको नाम भानुभक्त चोक राखिएको छ। यसअघि सो चोकलाई भानु चोक नामाकरण गरिएको थियो। 

कुलपति उप्रेतीले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्यको उत्थानमा योगदान मात्र नगरेर साँस्कृतिक बहुल्यता, सद्भाव र एकताको बिम्बका रुपमा रहेको चर्चा गरे। ‘भाषा, साहित्य र संस्कृतिको बाहुल्यता रहेको नेपालगन्जले भानुभक्तको सालिक स्थापना गरेर सामाजिक सद्भाव र एकता स्थापना गर्ने काम गरेको छ। जुन प्रशंशनीय छ’, उनले भने।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन, वातावरण, भू–संरक्षणमन्त्री सुरेन्द्र हमालले नेता र राजाका सालिक मात्र रहेको बुटवल पश्चिममा पहिलो पटक राष्ट्रिय विभूतिको सालिक स्थापना गरेर भानुभक्तप्रति सच्चा सम्मान गरेको बताए। उनले भानुभक्त चोक उज्यालो बनाउन हाइमास्क लाइट जडान गर्न प्रदेश सरकारबाट १५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मीले तीन चार वर्षदेखि भानुभक्त चोकमा भानुजयन्ती मनाउने गरेको बताए। 

सालिक संरक्षणका लागि व्यवसायी तथा समाजसेवी कृष्णप्रसाद श्रेष्ठलाई भानुभक्त चोक संरक्षण तथा व्यवस्थापन समितिको अध्यक्षका रुपमा जिम्मेवारी दिइएको छ।  सोही कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज सिनर्जीले पद हस्तान्तरण गरेको थियो। क्लबका नवनिर्वाचित अध्यक्ष सूर्यकुमार श्रेष्ठलाई निवर्तमान अध्यक्ष शिवप्रसाद दाहालले पद हस्तान्तरण गरेका थिए। क्लबले भेरी अस्पतालमा २० रुपैैयाँमा खाना खुवाउने अञ्जनी माता रसोइ, लायन्स ज्ञानेन्द्र श्रेष्ठका साथै भानुभक्तको सालिक निर्माणमा सहयोग गर्ने दातालाई सम्मान गरेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.