प्रदेश १ सरकारको विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सरकारको विनियोजन विधेयक बहुमतले पारित

विराटनगर : प्रदेश १ सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक बहुमतले पारित भएको छ।

प्रदेशसभाको आईतबार बसेको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको हो। विधेयकमाथि उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिने क्रम शनिबार सकिएपछि आईतबार विधेयक पारित भएको हो।

शनिबार ५ घण्टा लामो चलेको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहित अन्य १२ जना मन्त्रीले सांसदहरुले उठाएका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए। सरकारको जवाफपछि खर्च कटौतीको प्रस्ताव दर्ता गराउन सभामुख प्रदीपकुमार भण्डारीले आईतबार १२ बजेसम्मका लागि समय प्रदान गरेका थिए। सो अवधिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट सांसद तुलसीप्रसाद न्यौपानेले १ सय रुपैयाँ खर्च कटौतीको प्रस्ताव सदनमा पेश गरेका थिए।

सांसद न्यौपानेले गरेको प्रस्ताव अस्विकृत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित भएको हो। आगामी आर्थिक वर्षका लागि सरकारले ३९ अर्ब ७३ करोड ८३ लाखको अनुमानित आयव्यय विवरण संसदमा प्रस्तुत गरेको थियो। बजेटमा सरकारले सडक, पूर्वाधार तथा सहरी विकासका लागि १२ अर्ब ४१ करोड ४२ लाख, खानेपानी सिँचाई तथा उर्जामा ६ अर्ब २ करोड ५६ लाख, स्वास्थ्यमा ३ अर्ब ६७ करोड र कृषिमा २ अर्ब ५९ करोड विनियोजन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.