स्याङ्जामा १० करोड बढी वार्षिक कारोवार गर्ने २२ व्यवसायी

स्याङ्जामा १० करोड बढी वार्षिक कारोवार गर्ने २२ व्यवसायी

स्याङ्जा : कर प्रणालीलाई क्रमश : डिजिटल प्रणालीमा रुपान्तर गर्ने उद्देश्यले सरकारले अबको १० दिनपछि वार्षिक १० करोड बराबरको कारोवार गर्ने व्यवसायीहरु अनिवार्य अनलाइन बिलिङ्मा जार्नुपर्ने भएको छ। 

आर्थिक वर्षको सुरुदेखि नै विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने भएको हो। 

तर, सो भन्दा कम कारोवार गर्ने व्यवसायीलाई भने स्वेच्छिक छ। स्याङ्जाका केही व्यवसायीले भने यसअघि पनि अनलाइन बिलिङ गर्दै आएको जनाएका छन्।  

स्याङ्जामा वार्षिक १० करोडभन्दा माथिको कारोवार गर्ने २२ जना व्यवसायी छन्।  उनीहरुबाट वार्षिक २ अर्ब ७४ करोड १६ लाख रुपैयाँ बराबरको आर्थिक कारोवार हुने गरेको उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठले जानकारी दिए। सो रकम भ्याट बाहेकको रहेको उनले बताए। 

यहाँ ठुल्ठूला उद्योग व्यवसाय , कल कारखाना छैनन्। वार्षिक १० करोड कारोबार गर्नेहरुमा पेट्रोल पम्प, वितरक, निर्माण व्यवसायी, मोटर पार्टस सप्लायर्स र हार्डवेयर व्यापारी हुन्। तर, ५ करोड सम्मका कारोवारी भने ६० देखि ७० जना रहेको बताइएको छ। 

अनलाइन बिलिङले कर तथा लेखा प्रणालीलाई पारदर्शी, व्यवस्थित, विश्वसनीय बनाउनुका साथै काममा सहजता र कर सहभागिता लागत कम लाग्ने संघका पूर्व अध्यक्ष नवराज सुवेदीले बताए।

उनेले भने, ‘करोडौंको कारोवार गर्ने व्यवसायी अब प्रविधिमैत्री बन्नैपर्छ। प्रविधिको उपयोगले व्यवसायीलाई हित गर्ने र प्रविधि उपयोगका बारेमा जानकार रहनु आजको आवश्यकता हो।’ 

व्यवसायीलाई अनलाईन विलिङ्मा जानु पर्ने भएपछि स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले जिल्लामा वार्षिक १० करोड भन्दा बढी कारोवार गर्ने व्यवसायीलाई प्रशिक्षण दिएको छ। संघको र करदाता सेवा कार्यालयको समन्वयमा विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा व्यवसायीलाई जानकारी गराइएको छ।  

करदाता कार्यालय प्रमुख शोभाकान्त पंगेनीले आउने आर्थिक वर्षदेखि वार्षिक १० करोडभन्दा माथिका कारोबार गर्ने व्यवसायीले अनिवार्य अनलाइन विलिङ् गर्नुपर्ने भएकाले सबै व्यवसायीले राज्यका नीति बमोजिम काम गर्न आग्रह गरे। 

अनलाइन बिलिङ्ले व्यवसायमा पारदर्शिता हुने भएकाले यस्ता नीति अवलम्बन गरिएको उनको भनाइ छ । विद्युत्तीय उपकरणबाट सामान खरिद र बिक्रीसम्बन्धी कारोबार गर्नेगरी नीतिगत व्यवस्था र यसका प्रक्रियाका बारेमा प्रमुख पंगेनीको भनाइ छ। 

उनले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेर विधि, पक्रियाका बारेमा जानकारी गराए।  कार्यक्रममा व्यवसायी मित्रबन्धु पोखरेल, रविन केसीलगायतले व्यवसायीले तत्काल सफ्टवेयर निर्माण गरी काम गर्दा आउने समस्या एवं सुझाव दिए।  
 
स्याङजा जिल्लालगायत भीरकोट र गल्याङ् नगर उद्योग वाणिज्य संघ लगायत  १० करोडभन्दा माथि कारोवार गर्ने स्याङ्जाका व्यवसायीहरुको सहभागिता थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.