चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु, एक घाइते
गुल्मी : चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको मदाने गाउँपालिका-१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार मृतककी भाउजू ४२ वर्षीय संगिता विष्ट चट्याङ लागेर घाइते भएकी छन्। बिहान ४ बजे परेको चट्याङका कारण विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए। अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा गएको पहिरो र चट्याङले घर र पशु चौपायाँमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।