नवलपरासी कांग्रेसका गुटविरुद्ध समिति गठन

नवलपरासी कांग्रेसका गुटविरुद्ध समिति गठन

परासी : नेपाली कांग्रेस नवलपरासीमा रहेका दुई गुटका विरुद्ध कार्यकर्ताहरुले छुट्टै समिति गठन गरेका छन्। जिल्लामा देखिएका गुटका विरुद्ध खबरदारी गर्दै पार्टीलाई एक ढिंका गराउनका लागि दबाब दिन समिति गठन गरेको कार्यकर्ताहरुको भनाइ छ। पार्टीका पुराना कार्यकर्ताहरुले गोपिगञ्जमा भेला राखेर समिति गठन गरेका हुन्। 

क्षेत्र नं. १ का कांग्रेस नेता अशोक जंग राणाको संयोजकत्वमा गठन गरिएको सात सदस्यीय समितिको नाम ‘कांग्रेस चिन्तन समुह तदर्थ समिति’राखेको छ। पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ। जिल्लामा प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधानसभा सदस्य एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको दुई गुट छ। 

यी दुई गुटका नेताहरु आफ्नो निहित स्वार्थमा लागेका कारण इमान्दार कार्यकर्तालाई जहिले पनि पछि पारेको उनीहरुको ठहर छ। पार्टीभन्दा पनि आफ्नो गुटमा नलागे अवसर नै नदिने परिपाटी दुई नेतामा देखिएको भन्दै उनीहरुलाई खबरदारी गर्ने र अनुशासन विपरीत भएका कामलाई सुधार गर्न लागि समिति गठन गरेको समितिका सदस्य उमा गिरीले बताए। 

गुटमा नलागेका कारण १४ औं महाधिवेशनमा वडादेखि केन्द्रीय प्रतिनिधि र सदस्यमा समेत पुराना कार्यकर्ताहरुलाई नराखेको र स्थानीय तहको निर्वाचनमा समेत गुटको कारण देखाएर अवसरबाट वञ्चित गराइएको उनीहरुको भनाइ छ। आर्थिक प्रलोभनमा परेर नेताहरुले अन्य पार्टीबाट आएका व्यक्तिलाई स्थानीय तहको टिकट दिएको गम्भीर आरोप समेत उनीहरुको छ। गुटलाई यथावत राखेर काम गरे केही महिनामा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा समेत पराजित हुने निश्चित भएको भेलाले ठहर गरेको छ। कार्यकर्ताहरु एक अर्कासँग बोले विपक्षी झै ब्यवाहार गर्ने दुई नेताहरुकै कारण जिल्लाको संगठन पनि कमजोर बन्न थालेकोमा कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.