सत्य तथ्य ल्याउन सजिलो होस् भनेर राजीनामा गरेँ : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले छानबिन गर्न सजिलो होस् भनेर राजीनामा दिएको बताएका छन्। करको दायरा हेरफेर गरेको आरोप लागेपछि संसदमा बैठकमा जवाफ दिँदै उनले बुधबार राजीनामा घोषणा गरेका थिए।
संसदबाट बाहिरिने क्रममा उनले सञ्चारकर्मीहरुसँग भने, 'सत्य तथ्य ल्याउन सजिलो होस् भनेर राजीनामा दिएको हुँ। छानबिन हुन्छ। छानबिनमा सत्य कुरा जनतासमक्ष आउँछ।'