प्रदेश र संघमा विद्युतीय यन्त्रबाट मतदान गराउन सरकारलाई ध्याकर्षण

प्रदेश र संघमा विद्युतीय यन्त्रबाट मतदान गराउन सरकारलाई ध्याकर्षण

काठमाडौं : निर्वाचन आयोगले विद्युतीय यन्त्रबाट संघ र प्रदेशको मतदान गर्न सरकारलाई ध्यानाकर्ष गराएको छ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले प्रधानमन्त्री शेरबहादुर देवालाई भेटेर आगामी निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका हुन्। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र प्रयोग गर्न प्रमाणीकरणको उपयुक्त व्यवस्था गर्ने र सो हुन नसक्ने अवस्थामा साउन मसान्तसम्ममा आयोगलाई उपलब्ध हुनेगरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्र प्रबन्ध गरिदिन गृह मन्त्रालयमार्फत् सरकारलाई आग्रह गरिएको छ।

निर्वाचनमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्नसक्ने कानुनी व्यवस्था छ। आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि आयोगले गठित समितिको प्रतिवेदनमा आधारमा सरकारलाई ध्याकर्षण गराएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.