श्रीलंकामा औषधिको मूल्य अकासियो

श्रीलंकामा औषधिको मूल्य अकासियो

कोलम्बो (एएनआई) : आर्थिक संकट र इन्धनको गम्भीर अभावबीच श्रीलंकाका मानिसहरूलाई औषधि तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ। 

सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए)ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ। 

जीएमओए सञ्चार समितिका सदस्य डा. प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधधि किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ। कोलाबेजले भने, ‘पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन्। उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइको सामना गरिरहेको पाइएकोे छ। औषधि दिने अस्पतालहरू सीमित भएको भन्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो।’

‘यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो। तर, यसलाई घटाएर पछि दुई सातामा मात्रै सीमित गरिएको थियो। औषधि व्यवस्थापन मामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ। अहिले यो एक हप्तासम्म सीमित छ।’ स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको संकटसँगै देखिएको आर्थिक संकटका कारण औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.