बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले किन दिए राजीनामा ?

बेलायतका अर्थमन्त्री र स्वास्थ्यमन्त्रीले किन दिए राजीनामा ?

लण्डन (एजेन्सी) : बेलायतका अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जावेदले राजीनामा दिएका छन्। बोरिस जोन्सन नेतृत्वको सरकार जनअपेक्षा अनुरूप नचलेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।

उनले आफ्नो देशले निकै ठूलो चुनौतीको सामना गरिरहेको पनि बताएका छन्। स्वास्थ्यमन्त्री साजिद जावेदले पनि राजिनामा दिएका हुन्। प्रधानमन्त्री जोन्सनमा राष्ट्रिय हित अनुकूल सरकार चलाउने क्षमता नभएको जावेदको आरोप छ।

आफ्नो सरकारमा यौन दुव्र्यवहार आरोपको सामना गरेका टोरी सांसद नियुक्त गरेकामा प्रधानमन्त्री जोनसनले माफी मागिरहेका बेला सुनक र जाविदको राजीनामा आएको हो।

अर्थमन्त्री सुनकले राजीनामाको घोषणा गर्दै भनेका छन्, ‘सरकार गम्भीरताका साथ र ठीक ढंगले चलोस् भन्ने जनताको अपेक्षा एकदम ठिक छ। मलाई लाग्छ यो कुराका लागि हामीले संघर्ष गर्नुपर्छ। त्यसैले मैले राजीनामा दिने निर्णय लिएँ।’

केही राज्यमन्त्रीले पनि जोनसन सरकारबाट राजीनामा दिएका छन्। जोनसनले अहिलेका शिक्षा मन्त्री नादिम जहावीलाई नयाँ अर्थमन्त्रीका रूपमा नियुक्त गरेका छन्। स्टिभ बारक्लेलाई स्वास्थ्य मन्त्री बनाएका छन्। सुनक र जाविदको राजिनामाले बेलाबेलामा विवादमा परिरहने जोनसनलाई अब सहजै सरकार सञ्चालनमा कठिनाइ हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.