मेलामा जागिर खोज्नेको भीड

मेलामा जागिर खोज्नेको भीड

चितवन : स्नातकोत्तर गरेका कृष्णपुरका श्यामप्रसाद सापकोटाले भनसुन नपुगेपछि जागिर पाएनन्। योग्यताअनुसारको काम नपाएपछि निराश उनी जागिर खोज्दै भरतपुरको रोजगार मेलामा पुगे। 

विभिन्न उद्योग र व्यावसायिक फर्मले राखेको स्टलमा पुगेर फर्म भरे। फोन गर्ने आश्वासन पाएपछि फर्किए। ‘जागिर पाइन्छ कि भनेर फर्म भरेको छु,’ उनले भने, ‘महँगी बढ्यो। बाँच्नै गाह्रो छ। त्यसमा पनि जागिर पाउन धेरै गाह्रो भयो।’ श्यामप्रसाद जस्तै बेरोजगारी पीडा भोगेकाको बुधबार भरतपुरमा भीड लाग्यो। चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा जागिर खोज्ने युवाको ताँती नै थियो। सबै जागिरको आसमा थिए। योग्यता र क्षमता भए पनि काम नपाएको गुनासो गर्दै थिए। 

वृत्ति विकाससम्बन्धी परामर्श, रोजगारदातासँग प्रत्यक्ष भेट हुँदा जागिर पाउने आस बढेको भरतपुर यज्ञपुरीकी सुमित्रा देवकोटाले बताइन्।  ‘जागिर पाइन्छ कि भनेर आएको,’ उनले भनिन् , ‘अन्त चिनेजानेको चाहिन्छ। मेलामा पक्कै अवसर पाइएला भन्ने आस लागेको छ। ’ स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिअनुसार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले संयुक्त रूपमा  ‘वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला’ आयोजना गरेको हो।

चेम्बर्स अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराईले सीपअनुसारको रोजगार दिने बताए। ‘यहाँ कामदार नपाउने र युवा विदेश जाने प्रचलन छ। मेलामा हामीसँग भएको अवसरको जानकारी गराएका छौं,’ उनले भने, ‘सीप र क्षमताअनुसारको अवसर छ। हामी उपलब्ध गराउँछौं।’ जागिर खोज्ने र जागिर दिनेहरू एकै थलोमा थिए। दुवै पक्षले प्रत्यक्ष परामर्श गरेका थिए। जागिर खोज्नेले आफ्नो योग्यता टिपाएका छन्। रोजगार दिने संस्थाले आवश्यकताको आधारमा बोलाउनेछन्। ‘मेलाले जनशक्ति खोजिरहेका उद्योग व्यवसाय र काम खोजिरहेका युवाहरूलाई भेट गराएको छ,’ महानगका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले भने, 

‘एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीलाई एकै ठाउँमा भेटाउने मूल उद्देश्य मेलाको हो,। ’ 
सीप भएर पनि बेरोजगार भएका, रोजगारी नपाएका र सीप सिक्ने अवसरको खोजीमा रहेकाहरूको मेलामा सहभागी भए। रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्यांक संकलन गरिएको छ। ६० स्टल रहेको मेला बिहीबारसम्म चल्नेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.