बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको अवस्था नाजुक, शरीर चल्न बन्द : दिल्लीको एम्स अस्पतालमा उपचार

बिहारका पूर्वमुख्यमन्त्री लालु यादवको अवस्था नाजुक, शरीर चल्न बन्द : दिल्लीको एम्स अस्पतालमा उपचार

नयाँ दिल्ली : भारतको बिहार राज्यका पूर्वमुख्यमन्त्री तथा राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवलाई उपचारका लागि बुधबार राति पटनाबाट दिल्ली लगिएको छ। दिल्लीमा उनको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचारको लागि लगिएको छ।

लालु यादवको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । उनको अवस्था चिन्ताजनक रहेको भारतीय सञ्चार माध्यममा उल्लेख छ । लालुका छोरा तेजस्वी यादवले भने, ‘बुवाको पूर्ण चेकअप हुनेछ । त्यसपछि मात्र उपचार सुरु हुनेछ। अहिले बुवाको शरीरमा कुनै हलचल छैन ।' भर्याङबाट लडेर लालु यादवको तीन ठाउँमा भाँचिएको तेजस्वीले बताए। त्यसपछि उनको अवस्था बिग्रिंदै गएको हो।लालुको  शीघ्र स्वास्थ्य लाभको लागि पटनाका मन्दिर र मस्जिदहरूमा प्रार्थना गरिएको छ। 

तेजस्वीले बुवालाई धेरै औषधि खुवाइएको बताए। शरीरमा आएको जटिलता हटाउन खाइएका दबाइले मुटु वा मिर्गौलामा कुनै प्रभाव नै नपरेकोले दिल्लीको एम्समा ल्याएको उनले बताए। तेजस्वीले बुबालाई सिंगापुर लैजान डाक्टरसँग कुरा गर्ने बताए। उनको कलेजो/मृगौला प्रत्यारोपणको लागि कुरा भइरहेको छ। उनले भने, 'पहिला क्रिएटिनिन लगभग ४ थियो, जुन बढेर ६ भएको छ। बुवालाई छाती दुखेको र बिगत दुई-तीन दिनदेखि ज्वरो आएको थियो।'  

लालु यादव पटनास्थित आफ्नो निवासको सिँढीबाट लडेका थिए। उनलाई पटनाको पारस अस्पतालमा भर्ना गरियो। तर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि बुधबार एयर एम्बुलेन्सबाट दिल्लीको एम्स अस्पतालमा लगियो। ७५ वर्षीय लालु यादव एकैपटक धेरै रोगसँग लडिरहेका छन्।

 उनको यही महिना सिंगापुरमा मिर्गौला प्रत्यारोपण हुने भएको थियो । लालु यादव मधुमेह र उच्च रक्तचापबाट पनि पीडित हुन् । बिहारका मुख्यमन्त्री नितिश कुमारले बुधबार पारस अस्पतालमा लालु यादवलाई भेटेका थिए। उनले लालु यादवको उपचार सरकारी खर्चमा हुने बताएका छन् ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.