बेलायती प्रधानमन्त्री जोन्सनको राजीनामा माग

बेलायती प्रधानमन्त्री जोन्सनको राजीनामा माग

लन्डन : बेलायती गृहमन्त्री प्रिती पटेल  र कन्जरभेटिभ पार्टीका अन्य सांसद्हरूले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको राजिनाम माग गरेका छन् । गृहमन्त्री प्रिती पटेलले जोन्सनलाई कन्जरभेटिभ पार्टीको सामान्य  धारणा भनेको नै उनको बहिर्गमन भएको बताएकी छन्।

त्यसैगरी बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद र एक्सचेकरका चान्सलर ऋषि सुनक जस्ता प्रमुख व्यक्तिहरू सहित लगभग ३० बेलायती सरकारी अधिकारीहरूले हालैका पूर्व उपप्रमुख सचेतक क्रिस्टोफर पिन्चरको घोटाला काण्डलाई लिएर आफ्नो राजीनामा बुझाइसकेका छन्।

यद्यपि जोनसनले सांसदहरूलाई  कठिन परिस्थितिमा प्रधानमन्त्रीको काम प्राप्त जनादेशको सम्मान गर्नु भएको र आफूले त्यही गर्ने बताएका छन्। जोनसनका एक प्रमुख सहयोगी माइकल गोभले प्रधानमन्त्रीलाई एक निजी भेटमा पनि राजीनामाका लागि सुझाव दिएको उल्लेख छ।

बेलायतका महान्यायाधिवक्ता सुएला ब्रेभरम्यानले जोनसनलाई राजीनामा दिन आह्वान गरेका छन् । योसँगै बेलायतको राजनीतिक अस्थिरतको सरगर्मी बढ्न लागेको सङ्केत देखिएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.