पोलिटव्युरो १५६ र स्थायी कमिटी ४१ सदस्यीय बन्ने, प्रचण्डले मागे समय

पोलिटव्युरो १५६ र स्थायी कमिटी ४१ सदस्यीय बन्ने, प्रचण्डले मागे समय

काठमाडौं : नेकपा माओवादी केन्द्रको पोलिटव्युरो सदस्य १५६ सदस्यीय बन्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्ण सदस्य १२५ र ३१ जना वैकल्पिक सदस्य रहने जानकारी दिए।

प्रज्ञा भवनमा बिहीबार प्रचण्डले प्रस्तावित १२५ सदस्यको नामा सुनाएका थिए। दुईथरी नाम आएपछि बैठकमा विरोध भएको थियो। सहभागी नेताहरुले पोलिटव्युरो चयनको आधारहरु माग्न थालेपछि केही समय बैठक स्थगित भएको थियो।

पुनः बसेको बैठकमा बोल्नै प्रचण्डले पोलिटव्युरोमा पूर्ण र वैकल्पिक गरी १५६ सदस्यीय बनाउने आश्वासन दिएका हुन्।

त्यस्तै स्थायी कमिटी सदस्य भने ४१ सदस्यीय हुने भएको छ। जसमा १५ जनाको नाम टुंगिएको छ। पोलिटव्युरो र स्थायी कमिटीका बाँकी नमहरु केही दिनमै सर्कुलर गर्ने अध्यक्ष प्रचण्डले बताए।

'नाम टुंगो लगाउन गृहकार्य पुगेको छैन। २-४ दिन दिनसु् सबैको अनुहार उज्यालो बनाउँछौं,’ बैठकमा उनले भने। 

उनले समावेशिता, क्षेत्रीयता, भूगोल समेटेर समितिहरुलाई पूर्णता दिने स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.