पदाधिकारी टुंग्याउन सकेनन् प्रचण्डले, पोलिटव्युरो र स्थायी समिति पनि अधुरै

पदाधिकारी टुंग्याउन सकेनन् प्रचण्डले, पोलिटव्युरो र स्थायी समिति पनि अधुरै

काठमाडौं : महाधिवेशन भएको झण्डै ७ महिनापछि बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पदाधिकारी चयन गर्न असफल भएको छ। विवादका बीच पोलिटव्युरो र स्थायी समिति पनि अधुरै हुनेगरी टुंग्याइएको छ।

बैठकले नेकपा हुँदा स्थायी समिति सदस्य रहेका १५ जनालाई पार्टीको स्वत: स्थायी समिति सदस्य कायम गरेको छ। त्यसैगरी बाँकी २६ जना पछि ल्याइने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका छन्। स्थायी समिति ४१ सदस्यीय बनाइएको छ।

अध्यक्ष प्रचण्डले पदाधिकारीको चयन भने १५ दिनपछि गर्नेगरी बैठक सकाएका छन्।

पार्टीको घात अन्तर्घात र नेतृत्वमाथि प्रश्न उठेकाले छानविन गरेर पदाधिकारी टुंग्याइने अध्यक्ष दाहालले जानकारी गराए। यसका लागि अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानविन समिति गठन गरिएको छ। समितिले स्थानीय चुनावमा प्रदेशबाट आएको अन्तर्घातको रिपोर्टमा छानविन गर्नेछ। समितिलाई १५ दिनको समय दिइएको छ।

पदाधिकारी चयनमा अध्यक्ष दाहालले केन्द्रीय समितिमा अनुरोध गरे, ‘प्लिज साथीहरु मलाई दुई चार दिनको समय दिनुस्। म सबैलाई खुसी बनाउँछु। यो कुरालाई बुझिदिनुस्। सबैलाई मनाएर फकाएर पदाधिकारी चयन गर्छु।’

त्यसैगरी पोलिटब्यूरोमा विवाद भएपछि १२५ बाट बढाएर १५६ जना पुर्‍याइएको छ। जसमा ३१ जना वैकल्पिकमा राखिएको छ। वैकल्पिकमा समावेशिता, क्षेत्रीयताका आधारमा छनौट गरिएको छ।

बैठकमा अध्यक्ष दाहालले पोलिटब्यूरो सदस्यको नाम तीनपटक पढेका थिए। तै पनि पूर्ण सदस्य टुंग्याउन सकेनन्। पार्टीमा आन्तरिक तयारी गरेर पूर्णता दिने बताएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.