जापानका पूर्व प्रधानमन्त्री आबेको हत्या प्रयास
टोकियो : जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या प्रयास भएको छ। उनीमाथि घातक हमला भएको छ। जापानको सार्वजनिक रिपोर्ट अनुसार नारा सहरमा भएको एक कार्यक्रममा भाषण दिइरहेको बेलामा उनीमाथि बन्दक आक्रमण भएको हो।
घटनास्थलमा उपस्थित एनएचकेका रिपोर्टरका अनुसार उनले गोली चेकोको आवाज सुने र शिन्जो आबेलाई रगतले लतपतिएको देखे। आबे अहिले अचेत अवस्थामा रहेका जापानी सञ्चार माध्यमहरुमा उल्लेख छ।
घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।