'गठबन्धन टुटाउन ठूलो खेल भैरहेको छ'- कांग्रेस उपसभापति खड्का

'गठबन्धन टुटाउन ठूलो खेल भैरहेको छ'- कांग्रेस उपसभापति खड्का

स्याङ्जा: नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन टुटाउन षडयन्त्र भैरहेको बताएका छन्। गठबन्धनबाट को, कस्लाई, के, कति फाइदा बेफाइदा भयो भन्ने कुरा गौण रहेपनि राष्ट्रिय राजनीतिक आवश्यकता अनुरूप अघि बढ्नु पर्ने उनको भनाइ छ। 

नेपाली कांग्रेस स्याङ्जाद्वारा बिहीबार आयोजित निर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरणसहित सम्मान कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री समेत रहेका खड्काले ५ दलिय गठबन्धन टुटाउन ठूलै षडयन्त्र बुनिरहेको बताएका हुन्। स्थानीय तहको निर्वाचनको परिणामपछि नेकपा एमाले अझ बढी यसमा क्रियाशील रहेको उनको भनाइ छ। 

गठबन्धनको प्रारम्भदेखि आजसम्मका निर्णय प्रक्रियामा आफू सहभागी भएको जनाउँदै उनले गठबन्धनको सरकार भएकाले नेपाली कांग्रेसका एक्लो चाहना र निर्णयले मात्र काम पूरा नहुने बताए। संविधानले दिएको अधिकार पूर्णतः कार्यान्वयनका लागि नेपाली कांग्रेसले दुई तिहाई मत ल्याउनुपर्ने उनको भनाइ  छ। सबैका सेवामा समर्पितभई राम्रो काम गर्न जनप्रतिनिधीलाई सुझाव दिँदै एकजुट भई दुई तिहाई मत ल्याउनुपर्नेमा जोड दिए।

कांग्रेसले बहुमत ल्याउन नसक्दा मुलुकले यस्तो गति भोग्नु परेको उनको भनाइ छ। स्थानीय तहमा नेपाली कांग्रेस पहिलो पार्टीको रूपमा स्थापित भएको भन्दै अबको प्रदेश तथा संघीय निर्वाचनमा पनि दुई तिहाई मत प्राप्तिका लागि सबैजना एकाकार भएर वडा तथा पालिका तहबाटै संगठन विस्तार गरी अगाडि बढ्न सुझाव दिए। 
'झण्डै दुई तिहाई मतको नजिकका तत्कालीन सरकार निर्माणपछि प्रधानमन्त्री केपी ओलीले विभिन्न कालखण्डमा मुलुकको संविधानलाई खलबल्याउने, जनताका हकअधिकार माथि अंकुश लगाउने, सबै निकायलाई आफ्नो मुठ्ठीमा नियन्त्रण गर्ने प्रयास गरे।' उनले भने, 'ओलीका घमण्ड, प्रवत्ति र प्रतिगमनको बिरुद्ध र संविधान र लोकतन्त्रको रक्षार्थ सडक र संसदमा अभियान अघि सारेको कांग्रेसलाई कम्यूनिष्ट नेताहरुले साथ दिए र ५ दलिय गठबन्धनको सरकार निर्माण भई संविधान जोगाउने काम भएको छ।' 

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले सिद्धार्थ राजमार्ग स्याङ्जाको लाइफलाईन रहेको बताउदै राजमार्ग विस्तारमा ध्यान दिनुपर्ने बताए। कार्यक्रममा पार्टी सभापति राजु थापा, उपसभापति केदार काफले, सचिव दामोदर लम्साल, प्रवक्ता भरतप्रसाद लम्सालले नेपाली कांग्रेसले जिल्लामा भएगरेका र पार्टीको संगठनात्मक कार्यका बारेमा जानकारी गराउदै सबैजना एकजुट भई आउने निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत ल्याउनेगरी क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे। 
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका जिल्ला समन्वय समिति प्रमुखदेखि वडा सदस्यसम्मका २ सय ७७ जनालाई सम्मान गरिएको थियो।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.