गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

टोकियो : जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ।

उनको निधनबारे जापानका मिडियामा समाचार छ। गोली प्रहारबाट ढलेका उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको हो।

पूर्वप्रधानमन्त्री आबेमाथि शुक्रबार बिहान पश्चिमी जापानको नारा सहरमा सार्वजनिक कार्यक्रममा गोली प्रहार भएको थियो।

गोली लागेपछि उनी ढलेका थिए। 

आक्रमण हुँदा आबेले स्थानीय नारा सहरमा भएको सार्वजनिक सभालाई सम्बोधन गरिरहेका थिए।  गोली हान्ने व्यक्तिलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। आक्रमणकारीको नाम तेत्सुया यामागामी रहेको बताइएको छ। उनले आबेलाई पछाडिबाट दुई गोली हानेका थिए।

आक्रमणकारी पूर्वप्रधानमन्त्री आबेको धेरै नजिकै गएर गोली हानेका थिए। आबे सडकमा भाषण गरिरहेको बेलामा आक्रमणकारी उनको पछाडि नै उभिएका थिए। 

शिन्जोले भाषण सुरु गरेलगत्तै आक्रमणकारीले उनीमाथि दुईवटा गोली हाने । दोस्रो गोली लागेपछि आबे भुइँमा ढलेका थिए। सिन्जोलाई नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको थियो।

आक्रमणकारीलाई नाराको निशी प्रहरी चौकीमा लगिएको छ। 

आबेले २०२० मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीमा उनी अझै धेरै प्रभावशाली छन्। आबे आइतबार संसदको माथिल्लो सदनका लागि हुने चुनाव प्रचार गर्दै थिए। उनी सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भएका थिए।

 उनी सन् २००६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए तर एक वर्षभित्रै राजीनामा दिनुपरेको थियो। उनले सन् २०२० मा पनि अस्वस्थताका कारण प्रधानमन्त्री पद त्यागेका थिए।

सन् २००७ मा पनि अल्सरेटिभ कोलाइटिसका कारण उनले अचानक राजीनामा दिएका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.