अमरनाथमा मुसलधारे वर्षा : १६ जनाको मृत्यु, ४० बेपत्ता

अमरनाथमा मुसलधारे वर्षा : १६ जनाको मृत्यु, ४० बेपत्ता

नयाँदिल्ली : भारतको अमरनाथ मन्दिर नजिकै शुक्रबार अपराह्न मुसलधारे वर्षा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना बेपत्ता भएका छन्। भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरुको खोजी तथा उद्दारका कार्य तीव्र गतिमा सञ्चालन गरिएको जनाएको छ। 

सय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्दारमा कुनै कठिनाइ नभएको बताएको छ। 

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन्। चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन्। 

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन्।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.