प्रदर्शनकारी निवास छिरेपछि श्रीलंकाका राष्ट्रपति भागे

प्रदर्शनकारी निवास छिरेपछि श्रीलंकाका राष्ट्रपति भागे

कोलम्बो : श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षे निवास छाडेर भागेका छन्। प्रदर्नकारीहरु राष्ट्रपति निवास प्रवेश गरेपछि उनी निवास छाडेर भागेको डेली मिरर अनलाइनले जानकारी दिएको छ। 

सरकारविरुद्ध विहानैदेखि प्रदर्शनमा उत्रिएकाहरु राष्ट्रपति निवास घेरेका थिए।

प्रदर्शनकारीहरुले सुरक्षा घेरा तोडेर दिउँसो १ बजेतिर राष्ट्रपति निवास छिरेको समाचारमा उल्लेख छ। त्यस क्रममा प्रहरीले आश्रुग्यसा प्रहार गरेका थिए। प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दा कम्तिमा ३० जना प्रदर्शनकारी घाइते भएको समाचारमा जनाएको छ। उनीहरुको कोलम्बोस्थित नेशनल अस्पतालमा उपचार भइरहेको छ। 

श्रीलंकामा आर्थिक संकट चुलिएपछि त्यहाँका जनताहरुले दिनहुँ प्रदर्शन गरिरहेका छन्। सहज जीवनयापनको माग गर्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.