खप्तडको पर्यटन प्रवर्द्धनका लागि नौ बुँदे घोषणापत्र

खप्तडको पर्यटन प्रवर्द्धनका लागि नौ बुँदे घोषणापत्र

डोटी : सुदूरपश्चिमको प्रख्यात पर्यटकीय क्षेत्र खप्तडको पर्यटन पूर्वाधार विकास र प्रबर्द्धनका लागि नौ बुँदे घोषणा पत्र जारी गरिएको छ।

खप्तडको मुख्यद्वार डोटीको झिग्रानामा खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ डोटीले आयोजना गरेको कार्यक्रमबाट नौ बुँदे घोषणा पत्र जारी गरिएको हो।

कार्यक्रममा ‘समृद्धिको आधार, पर्यटन पूर्वाधार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै खप्तडलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास र प्रवर्द्धन गर्न आवश्यक पहल र उपलब्ध स्रोतको परिचालनका लागि प्रतिबद्धता जनाएका छन्।

दिगो पर्यटन विकासका लागि समुदायको अगुवाईमा ग्रामिण पर्यटनमा जोड दिन चारवटै जिल्लाहरुमा कम्तीमा एउटा/एउटा नमुना होमस्टे (घरबास)को स्थापना, सञ्चालन तथा विकास गर्नमा जोड दिने तथा होमस्टेमार्फत स्थानीय खाना, भाषा, संस्कृति र भेषभुषालाई संरक्षण तथा प्रवर्द्धन गर्ने घोषणा पत्रमा जनाइएको छ।

श्री १००८ ब्रम्हवीत परमहंस स्वामी सचिदानन्द सरस्वाती खप्तड बाबाले पवित्र भुमी खप्तडमा गरेको ५० बर्ष लामो त्याग, तपस्या, साधना र दर्शनलाई उच्च सम्मान गर्दै खप्तडलाई अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्र स्थापना गरिने र त्यसकालाई स्थानीय सामाग्रीको प्रयोगबाट ध्यानकेन्द्रको भवनको निर्माण गरिने योजना रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले बताए।

खप्तडलगायत अन्य पर्यटनसँग सम्बन्धित पाठ्यक्रमको विकास गरी चारवटै जिल्लाका कम्तीमा खप्तड मध्यवर्ती क्षेत्रभित्र पर्ने स्थानीय तहका विद्यालयहरुमा पठन पाठन हुने व्यवस्था गर्नसमेत प्रतिबद्ध रहेको घोषणा पत्रमा उल्लेख गरिएको छ।

खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक खड्काले आगामी बर्षमा खप्तडमा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गर्ने, खप्तड बाबाको समाधिस्थल बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरुलाई आमन्त्रण गरी खप्तडमा चलचित्र सुटिङ गराउने, मध्यवर्ती क्षेत्रका मानिसलाई होमस्टेसम्बन्धी तालिम दिने लगायतका योजनाहरु रहेको बताए।

डोटीबाट खप्तड क्षेत्रको बिचपानीसम्म सडक निर्माण, बाह्य पर्यटकका लागि पैदल मार्ग, बीचबीचमा बाटोका सही संकेत तथा पथप्रदर्शकको व्यवस्थालगायतकासमेत योजना रहेको खड्काले जनाए।

भूस्वर्गका नामले परिचित खप्तडको विकास तथा प्रवद्र्धनका साथै खप्तडमा आन्तरिक र बाह्य पर्यटकलाई के गर्दा खप्तडमा बढीभन्दा बढी भित्र्याउन सकिन्छ भन्ने विषयमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने खप्तड मध्यवर्ती क्षेत्र समितिका संस्थापक अध्यक्ष लालबहादुर बोगटीले बताए। खप्तडमा करिब नौ/दश वटा तालतलैया रहेकाले खप्तडलाई रामसार सूचिमा सूचिकृत गराउनु पर्ने बोगटीले बताए।

कार्यक्रममा डोटीका स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायत खप्तड मध्यवर्ती क्षेत्रमा पर्ने बझाङ्ग, अछाम र बाजुरा जिल्लाका स्थानीय तहका प्रमुख, उपप्रमुख, सरोकारवाला व्यक्तिहरुको सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.