श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन तयार

श्रीलंकाका प्रधानमन्त्री राजीनामा दिन तयार

कोलम्बो : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आफू राजीनामा दिन तयार रहेको बताएका छन्। उनले पदबाट राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिरर अनलाइनले लेखेको छ। 

उनले ट्वीटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार त्यहाँको नागरिकको सुरक्षाका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्ताव स्वीकार गरेका छन्।

यसैबीच प्रदर्शनकारीहरु प्रधानमन्त्री निवास घेरेका छन्। प्रदर्शनकारीले निवास घेरेपछि उनी सुरक्षित स्थानतर्फ गएको एजेन्सीहरुले उल्लेख गरेका छन्।

श्रीलंकाको राजधानी कोलम्बोमा आज विहानैदेखि सरकारविरुद्ध प्रदर्शन भइरहेको छ। प्रदर्नकारीले दिउँसो निवास घेरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे निवास छाडेर भागेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.