प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्रीको निजी निवासमा लगाए आगो

कोलम्बो : श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रदर्शनकारीले आगो लगाइदिएका छन्। कोलम्बोको फिफ्थलेनस्थित उनको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेको डेली मिरर अनलाइनले जनाएको छ।

शनिबार साँझ प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निजी निवास छिरेका थिए। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच तनावको स्थिति आएपछि आश्रुग्यास प्रहार गरिएको थियो। त्यसका बावजुद प्रदर्शनकारीहरुले घरमा आगजनी गरेको समाचारमा उल्लेख छ।

कोलम्बो नगर परिषद्ले पनि प्रधानमन्त्री निवासमा आगलागी भएको पुष्टि गरेको छ। सहरमा प्रदर्शनकारीद्वारा भएको अशान्तिका कारण दमकल पुग्न समस्या भएको परिषद्का अधिकारीले डेली मिरर अनलाइनसँग भनेका छन्।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि प्रदर्शनकारीहरुले आज बिहानैदेखि सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्। उनीहरुले आज बिहानदेखि राष्ट्रपति निवास घेरेका थिए। दिउँसो प्रदर्शनकारी निवासमै छिरेपछि राष्ट्रपति गोटाबाया राजपक्षे सुरक्षित स्थानमा भागेको एजेन्सीहरुले उल्लेख गरेका छन्।

यसैबीच प्रधानमन्त्री रनिल विक्रमासिंघे आफू राजीनामा दिन तयार रहेको बताएका छन्। उनले पदबाट राजीनामा दिन र सर्वदलीय सरकार गठनका लागि बाटो खोल्न तयार रहेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै डेली मिरर अनलाइनले लेखेको छ। 

उनले ट्वीटरमार्फत् पनि आफू सरकार छोड्न तयार रहेको उल्लेख गरेका छन्। बीबीसीका अनुसार त्यहाँको नागरिकको सुरक्षाका लागि प्रधानमन्त्रीले विपक्षीको प्रस्ताव स्वीकार गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.