कटारी नगरपालिकामा ९० प्रतिशत खर्च

कटारी नगरपालिकामा ९० प्रतिशत खर्च

उदयपुर : उदयपुरको कटारी नगरपालिकाले चालु आर्थिक वर्षमा कूल बजेटको झण्डै ९० प्रतिशत रकम खर्च गरेको छ। नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित गरेको ८० करोड ४६ लाख ५० हजार ५ सय ६४ रुपैयाँ ५ पैसा बजेटमध्ये ८९ दशमलव ९३ प्रतिशत खर्च गरेको हो।

खर्च बजेट सार्वजानिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किराँतीले कूल बजेटको चालु खर्च ९२ दशमलव ९६ प्रतिशत र पुँजीगत खर्च ८२ दशमलव ९८ प्रतिशत रहेको बताए। त्यसैगरी कूल बजेटको आर्थिक विकासतर्फ ६६ प्रतिशत ६२ प्रतिशत सामाजिक विकासतर्फ ९२ दशमलव ७४ प्रतिशत खर्च भएको उनले बताए।

पूर्वाधार विकासतर्फ ९० दशमलव ४३ प्रतिशत, वन वातावरण तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ९३ दशमलव ४५ प्रतिशत र सुशासन तथा संस्थागत विकासतर्फ ९३ दशमलव ८५ प्रतिशतको वित्तीय प्रगति भएको अधिकृत किराँतीले जानकारी दिए।

उनले भने, ‘हाम्रो लक्ष्य पूरै खर्च हुन्छ भन्ने थियो, तर बीचमा आएका विभिन्न समस्याकाकारण १० प्रतिशत बजेट खर्च गर्न सकिएन।  

उनले पुँजीगत खर्चको प्रगतिमा कमि देखिएकाले आगामी आर्थिक वर्षमा गम्भीर छलफल गरेर वित्तीय प्रगतिको तथ्यांक बढाउनुपर्ने बताए। केही महिनाअघि मात्र प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका किराँतीले नगरका हरेक गतिविधिलाई अफिसियल फेसबुक पेज तथा व्यक्तिगत फेसबुकबाट सार्वजानिक गर्दै आएका छन्।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७६ करोड ४२ लाख ६२ हजार ५ सय ५० रुपैयाँको बजेट तय गरेको छ। गएको १० असारमा सम्पन्न नगरको नवौं नगरसभाले चालु आर्थिक वर्षभन्दा आगामी आवका लागि ४ करोड ३ लाख कम बजेट सार्वजानिक गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.