भित्र सम्मान, बाहिर विरोध प्रदर्शन

भित्र सम्मान, बाहिर विरोध प्रदर्शन

विराटनगर : प्रदेश १ सरकारको  पर्यटन तथा संस्कृति मन्त्रालयले गर्न भनिएको स्रष्टा सम्मानको विरोधमा विराटनगरमा प्रर्दशन भएको छ ।  

 स्रष्टा सम्मान कार्यक्रममा ‘मैथिली’ भाषी स्रष्टा तथा सर्जकलाई वाईपास गरेको भन्दै मैथली भाषा , काला र साहित्य क्षेत्रमा काम गर्ने दर्जनौं संघ संस्थाले विरोध प्रर्दशन गरका छन् ।  
 

पर्यटन मन्त्रालयले भाषा, साहित्य ,काला  र संस्कृति क्षेत्रमा योग्दान पुयाउने करिब ढेड दर्जन स्रष्टालाई सम्मान गर्ने कार्यक्रम मगंलबार विराटनगरमा राखिएको थियो  । 

विभिन्न भाषाका स्रष्टालाई सम्मान गर्न लागेको बेला मैथली स्रष्टालाई वाईपास गरेको भन्दै सम्मान गर्ने स्थान बाहिर मैथली अगुवाहरुले बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् ।

कालो पट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरु कार्यक्रमस्थल आरोहन गुरुकुलको गेट बाहिर प्रदर्शन गरेका थिए । 

मैथली अगुवाहरुको विरोधका कारण निर्धारित समय भन्दा झण्डैं ३ घण्टा ढिलो सम्मान कार्यक्रम सुरु भएको थियो । 

विरोध भइरहँदा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले कार्यक्रममा आउन मानेन् । 

पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा  पुरातत्व शाखाका अधिकृत भेषराज न्यौपानेले मैथली स्रष्टाको सम्मानका विषय अवका दिनमा सवन्वय गरेर अघि जाने पटक पटक गरेको प्रतिवद्धता पछि प्रदर्शनमा उत्रिएका मैथली अगुवाहरु पछि हटेका थिए ।

प्रदेश सरकारले सबैभन्दा बढी जनसंख्या भएको मैथली स्रष्टालाई वेवास्ता गरेकाले विरोधमा उत्रिएको  मैथिली एसोसिएसन नेपालका अध्यक्ष प्रवीण नारायण चौधरीले बताए । 

उनले प्रदेशमै दोस्रो ठूलो भाषाको रुपमा स्थापित मैथिली भाषी कलाकार तथा साहित्यकारलाई किनारा लगाउनु दुःखद भएको जिकिर गरे । 

चौधरीले  सम्मानमा मैथली उपेक्षा गरेको भन्दै  स्वीकार गर्न नसक्ने भन्दै मन्त्रालयमा निवेदन समेत दिएको अवस्थामा  पर्यटन तथा संस्कृति मन्त्रालयले जबरदस्ती कार्यक्रम गरेको बताए । 

 उनले प्रदेश सरकारले  अन्यायपूर्ण र विभेदपूर्ण निर्णयले मैथिली साहित्यिक क्षेत्रमा दिनरात नभनी काम गर्दै आएकाहरुको हौसला गिरेको भन्दै यसमा प्रदेश सरकार तथा सम्बन्धित मन्त्रालय जिम्मेवार हुनुपर्ने र मैथिली भाषीलाई पनि समेट्नु पर्नेमा जोड दिए । 

मैथली सेवा समितिका अध्यक्ष डा. एस एन झाले मैथलीलाई वाईपास गरेर अघि बढेको प्रदेश १  सरकार एकलजातिय नीतिमा अघि बढेको बताए । मैथली विकास अभियानका अध्यक्षबा पंकव वर्माले भाषा आयोगले समेत मैथलीलाई प्रदेशको कामकाजको भाषा बनाउन सिफारिस गरेको अवस्थामा मैथलीलाई नसमेटनु दुर्भाग्य भएको बताए । 

उनले संघीयताको मर्म विपरित प्रदेश सरकार अघि बढेको प्रमाणीत भएको उनले बताए । मन्त्रालयलले बालकृष्ण पोखरेल भाषा, साहित्य ,काला , र संस्कृति श्रष्टा सम्मान २०७९ वाट प्राडा गोविन्द तुम्बागं सुनसरी , प्राडा कालुराम खम्बु भापालाई प्रदान गरेको छ भने प्रदेश भाषा ,साहित्य काला र संस्कृत श्रष्टा सम्मान वाट टंक बहादुर खुलाल, गोबर्धन तमागं,विजय श्रेष्ठ –उदयपुर ) मूर्तिकार ,भरत गुरागाई मोरगं(नाठकर्मी अभिनय), ममता गिरी ,सुनसरी(साहित्य लघुकथा ), गोपाल देवान ,सुनसरी(नाटककार ,निर्देशक),बिर बहादुर लाप्चा,इलाम(लोकसंस्कृति , सस्कृति संरक्षण )कट्टेल  ,सोलुखम्बु(साहित्य),मान सिगथलुलुगं , ईलाम (संगीत), महेन्द्रराई ,सुनसरी (साहित्य)जयन्ती रमन कण्ठ,सुनसरी(नाटकर्मी)नवराज राई ,भोजपुर (साहित्य कथाकार ) र नवोदित भाषा ,साहित्य ,काला  र संस्कृति श्रष्टा सम्मानबाट ५ जनालाई सम्मान गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.