चिकित्सक लापरवाही प्रकरण: छानविन समितिले भेटयो बिरामी
जनकपुरधाम : चेकजाँचविनै पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा गम्भीर अवस्थामा पुगेको बिरामीलाई काठमाण्डौंस्थित नेपाल मेडिसिटी अस्पतालमा छानविन समितिले बिरामी भेटेको छ।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सकको गम्भीर लापरवाहीले बिरामीलाई चेकजाँच बिनै पित्तथैलीको शल्यक्रिया गर्दा बिरामीको ज्यान नै जोखिममा परेपछि गठित संसदीय छानविन समितिले बिरामी भर्ना भएको अस्पतालमा गरेर घटना बारे जानकारी लिएको महिला बालबालिका तथा न्याय समितिका सभापति जैनूल राईनले जानकारी दिए।
बिरामीलाई घटनाको सम्बन्धमा जाँचबुझ गरिरहेका समिति सभापति राइ्र्र्रनले २०७८ फाल्गुन २८ गते बिरामीले अल्ट्रासाउण्ड गराएको रिपोर्टको आधारमा नै चिकित्सकले शल्यक्रिया गरेको गम्भीर लापरवाही भेट्टिएको जानकारी दिए।
उनले भने, 'चार महिना अघि व्यक्तिगत (सेल्फ) रुपमा भिडियो एक्स-रे (अल्ट्रासाउण्ड) गराएको र सोही आधारमा डाक्टरहरुले शल्यक्रिया गरेको भेट्टियो। अहिले धेरै कुरा खुल्न बाँकी छ तर अझै केही भन्ने अवस्था छैन्। छानविनको धेरै पाटोहरु बाँकी छ अहिले नै निष्कर्षमा पुग्न हत्तारो होला।'
महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल जनकपुरधाम उप–महानगरपालिका भाडा कोठा लिएर बस्दै आएकी विभा चौधरीको शल्यक्रिया गरेपछि अवस्था नाजुक हुँदा जेकजाँच गर्दा चार महिनाको गर्भवति भएको जानकारी प्राप्त भएको थियो।
महिला बालबालिका तथा समाजिक न्याय समितिलाई छानविन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। यता शल्यक्रियामा संलग्न चिकित्सक मध्ये डा. राजेश साह, आश्विनी यादव र शल्यक्रियाका लागि भर्ना गराएका डा. अमरेश कर्णले मध्ये तीनै जनाले आफ्नो शल्यक्रियामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आएका छन्।
उनीहरु एक चिकित्सकले अर्कोलाई दोषि देखाएर उम्किन खोजिरहेका छन्।
बिरामी चौधरीको अवस्था हाल नाजुक रहेको र १६ गते एयर एम्बुलेन्सबाट काठमाण्डौं स्थित मेडिसिटी हस्पिटलमा उपचाररत छिन्।
प्रतिक्रिया दिनुहोस !