नवलपुरमा १३ लाखको चिनी बरामद

नवलपुरमा १३ लाखको चिनी बरामद

परासी : भन्सार छलेर लैजाँदै गरेको करिब १३ लाख बराबरको चिनीलाई पूर्वीनवलपरासी (नवलपुर) प्रहरीले बरामद गरेको छ। ट्रकमा लोड गरी तस्करी गरेर लैजाँदै गरेको चिनीलाई प्रहरीले सोमबार अरुणखोलाबाट बरामद गरेको हो। यो चिनी पश्चिम नवलपरासीको सीमा नाकाबाट तस्करी गरी चितवन पुर्‍याउन लागिएको बताइएको छ। 

लु २ ख ६३७ नं को ट्रकलाई चेकजाँच गर्ने क्रममा बिल भरपाई नभएको ४१८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी नायब उपरीक्षक (डीएसपी) सन्तोष पाठकले बताए। त्यसैगरी, भन्सार छलेर ल्याउँदै गरेको १ हजार ९१७ पिस सर्टलगायतका कपडासमेत बरामद भएको छ। बरामद चिनी, ट्रक र लत्ता कपडाको कुल मूल्य ५४ लाख ३६ हजार कायम गरेर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको डीएसपी पाठकले बताए। 

केही दिनअघि पनि पश्चिम नवलपरासीबाट लैजाँदै गरेको २ ट्रक चिनीलाई पूर्वी नवलपरासी प्रहरीले बरामद गरेको थियो। चिनी र कपडाको तस्करी बढेको गुनासो आएपछि आइतबार मात्र पश्चिम नवलपरासी प्रहरीले १ ट्रक चिनी बरामद गरेको थियो। 

परासीको सीमा नाकाबाट दैनिक १०–१२ ट्रक चिनी र ठूलो मात्रामा कपडा तथा खसीबोका अवैध रूपमा चितवन, हेटौंडा, पोखरालगायतका प्रमुख सहरहरूमा जाने गरेको गुनासो बढेपछि गस्तीलाई बढाएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ। तर, तस्करी भने रोकिएको छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.