जसपामा शक्ति टकराव

जसपामा शक्ति टकराव

काठमाडौं : शक्ति टकराव र स्वार्थका कारण जनता समाजवादी पार्टी (जसपा) फुटको डिलमा पुगेको विज्ञहरू बताउँछन्। अध्यक्ष उपेन्द्र यादव पक्षले वीरगन्जमा बैठक गरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षको बैठक काठमाडौंमा जारी छ। दुवै पक्षले आ–आफ्ना बैठक मात्रै आधिकारिक भएको दाबी गरेका छन्। 

जसपाभित्र सत्ता र शक्तिको स्वार्थको लडाइँ उत्कर्षमा पुगेपछि पार्टी विभाजन नजिक पुगेको राजनीतिक विश्लेषक डा. राजेश अहिराज बताउँछन्। ‘उपेन्द्रजी र डा. बाबुरामजीबिच सैद्धान्तिक र विचारको लडाइँ छैन,’ अहिराज भन्छन, ‘उहाँहरू पार्टीभित्र आधिपत्य, स्वार्थ  र वर्चस्वका लागि अन्तरसंघर्ष गरिरहनुभएको छ। जुन लडाइँमा पार्टी र नेताको भविष्य छैन।’ सत्ता समीकरणका कारण मात्रै विगतमा बाबुराम नेृत्वको नयाँ शक्ति पार्टीले जसपासँग पार्टी एकता गरेको डा. अहिराज बताउँछन्। 

यताबेला साना–ठूला पार्टीमा शक्ति संघर्ष चलिरहेको छ। एमाले र माओवादीमा सुस्त रूपमा छ भने जसपा र कांग्रेसभित्रको विवाद सतहमा देखिएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्। ‘जसपाको गठन मधेस आन्दोलनबाट भएको हो,’ चन्द्रकिशोर भन्छन्, ‘यसको नेतृत्व र नेता सँगसँगै पार्टीमा आए। पार्टीभित्र सबैले बराबर अधिकार र सामाजिक न्याय खोजिरहेका छन्। त्यसैकारण नेतृत्वले असुरक्षित महसुस गरिरहेको छ। त्यसैले नेतृत्वको निर्णय पारदर्शी छैन।’ पार्टीभित्रै सामूहिक विचार, विमर्श र छलफल नहुने गरेको उल्लेख गर्दै उनले भने, ‘जसपा पार्टी होइन्। प्राइभेट कम्पनीको रूपमा पुगेको छ।’

नेपाली राजनीतिमा मधेसवादी दलको टुटफुटको इतिहास राम्रो छैन। व्यक्तिवादी सोचले नेताहरू ग्रसित छन्। त्यसले मधेसवादी दलहरू टुक्रा—टुक्रामा विभाजित हुँदै आएको विश्लेषकहरू बताउँछन्। गत वर्ष सत्ताको स्वाद चाख्न जनता समाजवादी (जसपा) भित्रको एक घटक  महन्थ ठाकुर पक्ष तत्कालीक केपी ओली सरकारमा सहभागी भयो।। त्यसपछि जसपाको विवाद झनै चक्र्यो। सर्वोच्चको परमादेशबाट केपी ओली सरकार ढल्यो। २९ असार २०७८ मा शेरबहादुर देउवाको नेतृत्वमा ५ दलीय सरकार बन्यो। 

सरकारले  १ भदौं २०७८ मा दल फुटाउने अध्यादेश जारी ग¥यो। जसपा र एमालेमाथि अध्यादेशको ‘आरा’ चल्यो। एमाले र जसपा विभाजित भए। ठाकुर पक्षले जसपाबाट फुटेर ९ भदौं २०७८ मा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) खोल्यो। यसैबेला एमालेबाट माधवकुमार नेपाल पक्ष अलग भएर एकीकृत समाजवादी पार्टी जन्माएका थिए। ठाकुरले  पार्टी फुटाएर नयाँ दल दर्ता गरे पनि जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई एउटै पार्टीमा रहे। 

२०७६ वैशाख २३ गते यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपाल र बाबुराम भट्टराई संयोजक गरेको नयाँ शक्ति पार्टीबिच एकीकरण भएको थियो। दुवै दलबिच एकतापछि पार्टीको नाम  समाजवादी पार्टी नेपाल राखिएको थियो। संघीय परिषद्को अध्यक्षमा भट्टराई थिए भने पार्टीको नेतृत्वमा यादव। तत्कालीन नेकपा अध्यक्ष ओली नेतृत्वको सरकारका पालामा समाजवादी पार्टी  फुट्ने स्थिति बन्यो। त्यही बेला  रातारात समाजवादी पार्टी र ठाकुर नेतृत्वको  राष्ट्रिय जनता पार्टी(राजपा) बिच पार्टी एकता गरियो। २०७७ वैशाख १० गते दुई पार्टी एकतापछि पार्टीको नाम  जनता समाजवादी  पार्टी (जसपा) राखियो। तर, गत वर्ष नै ठाकुर पक्ष अलग भएर लोसपा खोलिसकेको छ। 

भट्टराई पक्ष पनि अलग भएपछि पार्टीमा यादव पक्ष मात्रै रहनेछ। पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएकाले टुटफुटको बाटोबाट गुज्रिरहेको विश्लेषक चन्द्रकिशोरको ठम्याइ छ। जसपाभित्रको विवाद उनीहरूको घरेलु मामिला रहेको डा. अहिराजको भनाइ छ । यसले जसपाको फुटको संघारमा पुगेको छ।

नेताहरूको तमासा देखेर जनता लज्जित भइरहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानी सह–प्राध्यापक धु्रव राय सुनाउँछन्। ‘दलहरू सिद्धान्त र  एजेन्डाविहीन भयो। नेताहरूले जनतालाई ‘जन्तु’ ठानिरहेका छन्। स्वार्थका लागि आपसमा लडेर तमासा देखाइरहेको छन्।  यसले देश र जनतालाई  कल्याण गर्दैन,’ उनी भन्छन्, ‘नेताहरू  जनता र राज्यका लागि लड्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.