मुक्तिनाथको आधुनिक धर्मशाला ९ वर्षदेखि प्रयोगविहीन
जोमसोम : मुस्ताङ जिल्लाको कतिपय विकास आयोजना भारतीय सरकारको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।
सरकारी कार्यालय, गैरसरकारी, धार्मिकस्थलको स्तरोन्नति तथा समुदाय लक्षित पूर्वाधार विकास योजनामा भारतीय सरकारले नै सहयोग जुटाउदै आएको छ।
विद्यालय भवन, कार्यालय र समुदाय लक्षित विकास कार्यक्रममा भारतीय राजदूतावासले लगानी गर्दै आएको छ।
हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिरको दर्शनका लागि स्वदेशी धार्मिक पर्यटक मात्र होईन यहाँ भारतीय धार्मिक पर्यटकको पनि उस्तै ओइरो लाग्ने गरेको छ।
पछिल्लो समय यातायातको विकाससँगै मुस्ताङमा दिनहुँ सयौंको संख्यामा धार्मिक पर्यटक मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन्।
भौगोलिक वनावटले विकट मानिएको मुस्ताङ जिल्ला आफैंमा महङ्गो जिल्ला भएकाले सीमित खर्च जोहो गरेर आएका धार्मिक पर्यटकलाई यो समस्याले पीडा दिने गरेको छ।
पर्यटकले पाउनुपर्ने सेवासुविधा पर्याप्त नहुँदा र महङ्गो बसाइका कारण नेपालीलाई मात्र होईन भारतीय धार्मिक पर्यटकले समेत यसप्रकारको समस्या झेल्नुपर्ने बाध्यता छ।
भारतीय राजदुतावासकै सहयोगमा मुस्ताङको जोमसोममा अवस्थित जनहित माध्यमिक विद्यालयको करोडौंको पक्की दुईतले भवन, थाक टुकुचेमा निर्माण भएको योगेन्द्र माध्यमिक विद्यालयको पक्की दुईतले भवन र जोमसोम निर्माण गरिएका पक्की उदाहरण मात्र हुन्।
भारतीय राजदूतावासको सहयोगमा बनेको लोमान्थाङ गाउपालिका-५ लोमान्थाङको छोदे गुम्बा र सोही गाउँपालिका-३ छोनुपमा निर्माण भएको नाम्गेल गुम्बा दुतावासकै आर्थिक सहयोगमा बनेको हो।
दुतावासले मुस्ताङमा यसप्रकार थुप्रै पूर्वाधार विकासमा लागानी गर्दै आईरहेको छ।
आफ्नै मुलुकका पर्यटक मुस्ताङको मुक्तिनाथ दर्शनका लागि आउने क्रम बढेपछि भारतीय राजदूतावासले सन् २००९ मा मुक्तिनाथको रानीपौवा बसपार्कको पूर्वतर्फ सुलभमूल्यको आधुनिक धर्मशाला समेत निर्माण गर्यो।
तर धर्मशाला सुरुवातका वर्षमा प्रयोगमा आएपनि विगत ६ वर्षदेखि यसको प्रयोग ठप्पै भएको छ।
धर्मशाला निर्माणका लागि भारतीय राजदूतावाससँग मूक्तिनाथ विकास समिति र साविकको जिल्ला विकास समितिबीच आर्थिक सहयोग सम्झौता भएको थियो।
यसका लागि मूक्तिनाथ विकास समितिका अध्यक्ष तत्कालीन प्रमूख जिल्ला अधिकारी लक्ष्मीराज शर्मा र स्थानीय विकास अधिकारी डिल्लिराम सिग्देलले सहमति गरेका थिए।
धर्मशाला भवन निर्माण भएपछि साविकको जिल्ला विकास समितिले वार्षिक भाडा उठाउने उद्देश्यले टेन्डरमार्फत होटल सञ्चालनका लागि व्स्थानीय वीरबहादुर गुरुङलाई लिजमा सुम्पिएको थियो।
लिज लिएका गुरुङले ३ वर्ष मात्र धर्मशाला होटल चलाएर त्यसै छाडे। उनले छोडेपछि उक्त धर्मशाला ९ वर्षदेखि प्रयोगविहीन हुँदै आएको हो।
धर्मशालाको चारैतर्फ समयोग क्षेत्रफल ८६ मिटरको छ।
दुतावासको आर्थिक सहयोगमा बनेको धर्मशालाको निर्माणकार्य सम्पन्न गर्न साविक जिल्ला विकास समितिलाई जिम्मा लगाइएको थियो।
२ करोड ५२ लाखमा निर्माण भएका धर्मशाला बनाउने काम गजुरमुखि जोशी अमित जेभीले लिएको थियो।जसले सन् २००९ को डिसेम्बरमा १८ महिनाको समय खर्चिएर धर्मशाला बनाउने काम पूरा गरेको हो।
३ वर्ष सम्म साविक जिससले जिम्मा लिएको उक्त धर्मशाला २०६९ साल मंसिर २९ गते मूक्तिनाथ विकास समितिलाई हस्तान्तरण गरिएको थियो।
धर्मशालामा रिसेप्सन कोठा २,रिसेप्सन बैठक कोठा १, एडेजबाथ भएको कोठा १०, कोठामा भएको गिजर ऐनासहित नन् एटेज कोठा ८, सोका लागि ट्वाईलेटबाथ रुम २, ईलेक्ट्रिक गिजर २, मेडिटेसक हल १, किजन रुम १, डाईनिङ हल १, गार्ड हाउस १ समेत धर्मशालालाई काडेतारले घेरिएको थियो।
धर्मशालामा काठको खाट ३३, काठको बक्स पलङ २,काठको र्याक १, काठको टेबल ४, सोफासेट, प्लाष्टिक कुर्चि, दराज, कार्पेट, पानी ट्याङ्की, सिरक, तन्ना, तकिया र ब्याङ्केट जस्ता जिन्सी सामान थिए।
साविक जिल्ला विकास समितिले धर्मशाला हस्तान्तण गरेको ९ वर्ष बितिसक्दासमेत मुक्तिनाथ विकास समितिले पुनः आधुनिक धर्मशाला सञ्चालनमा ल्याउन असफल भयो।
लामो समयसम्म धर्मशाला प्रयोगविहीन रहँदा भारतीय पर्यटक तथा नेपालीले सुलभ मुल्यको सेवाप्राप्त गर्न बञ्चित भएका छन्।
उक्त धर्मशाला खण्डहरजस्तै भएको छ भने त्यहाँ रहेको भौतिक संरचना समेत दिनप्रतिदिन जीर्ण हुँदै जान थालेको छ।
लामो समय सम्म धर्मशाला प्रयोग बिहिन रहको पर्यटन व्यवसायी सुरज गुरुङले जानकारी दिए।
संघीयतापछि भारतीय दुतावासले बनाएको धर्मशाला गाउँपालिका हस्तान्तरण गर्ने कुरा भएपनि त्यसको कार्यान्वय नभएको बताए।
मुक्तिनाथमा १२ वर्षअघि आधुनिक धर्मशाला बनेको र त्यसको सञ्चालनमा मुक्तिनाथबासीको कुनै अवरोध नभएको उनले जनाए।
मुक्तिनाथ विकास समितिको अध्यक्ष सिडियो हुने प्रावधान छ। तर,यहा आउने सिडियोले मुक्तिनाथ मन्दिर तथा यहाँ भएका संरचनामा चाँसो र पहल गरेको पाईदैन।
जिल्ला समन्वय समितिकै प्रमुख माया गुरुङले अब चाँडै सरोकारवाला निकायसँग बैठक बसेर धर्मशालाको समस्या समाधानको बाटो खोजिने बताईन्।
मुक्तिनाथस्थित पुराङ रानीपौवा स्थित बसपार्क माथिको खाली पाँखो जमिनमा भारतीय दुतावासबाट सन् २००७ मा नोभेम्बर ७ मा आधुनिक धर्मशाला शिलन्यास गरिएको थियो।
धर्मशाला शिलन्यास भएको तीन वर्षपछि सन् २०१० को जुन २० मा तत्कालीन भारतीय राजदुत राकेश सूदले उद्घाटन गरेका थिए।