विराटनगरको नाङ्लो रेष्टुरेन्टमा भीषण आगलागी, दमकल ढिलो आउँदा नाराबाजी

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा भीषण आगलागी, दमकल ढिलो आउँदा नाराबाजी

विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर २ स्थित तिनपैनीमा रहेको नाङ्लो मःम रेष्टुरेन्ट जलेर नष्ट भएको छ।

ग्यास लिकेजका कारण भएको आगलागीका कारण रेष्टुरेन्ट जलेर नष्ट भएको हो। स्थानीय ईश्वर बाँस्तोलाले सञ्चालन गरेको उक्त रेष्टुरेन्ट बाँसका सामाग्रीबाट निर्माण गरिएको थियो। जसकारण आगो सल्किएको आधा घण्टा नपुग्दै होटलमा पूर्ण रुपमा क्षति पुगेको छ।

आगलागी हुँदा होटलभित्र रहेका ६ वटा ग्यास सिलिण्डरसमेत पड्किएको छ। होटलमा भएको आगलागीका कारण उत्तरमा रहेको विनोद दुगड र दक्षिणमा रहेको अर्को पक्की घरमा समेत क्षति पुगेको छ। दुवै घरको बाहिरी परिसरबाट भेट्ने जति सीसाका झ्याल जलेका छन्। ढिलो गरि आएको वारुणयन्त्रको सहयोगमा हाल आगलागी पूर्ण नियन्त्रणमा आएको छ।

व्यस्त बजार र सुगमस्थलमा रहेको होटलमा आगो लाग्नासाथ स्थानीयले विराटनगरको वारुणयन्त्रलाई खबर गरेका थिए।

तर, आगलागी भएको स्थानदेखि २०० मिटर उत्तरमा रहेको वारुणयन्त्र रेष्टुरेन्ट जलेर नष्ट भएपछिमात्र आएको थियो। होटलमा क्षति पुगेर आसपासका दुई घरमा आगो छिरिसक्दा मात्रै दमकल आएपछि आक्रोशित स्थानीयले विराटनगरका मेयर नागेश कोइरालाविरुद्ध नाराबाजीसमेत गरेका छन्।

मोरङका डीएसपी राजन कार्कीले आगो नियन्त्रणमा आएसँगै क्षतिको प्रारम्भिक विवरण संकलन भइरहेको अन्नपूर्ण पोष्टलाई बताएका छन्। आगलागीबाट भएको क्षतिको यकिन विवरण भने हाल प्राप्त नभएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.